बुधबार कृष्ण अवतारको पूजा गर्नुहोस् | Khabarhub Khabarhub

बुधबार कृष्ण अवतारको पूजा गर्नुहोस्


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दू धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ।

विशेष व्रत र उपवासबाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्

– हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी९देवताको कृपा हुने गर्छ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ५ : ५२ बजे

गण्डकीमा आर्थिक अनुशासन उल्लंघन, ९५ करोड रकमान्तर 

पोखरा– गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१-८२ को असार महिनामै

बजेट खर्च गर्ने समयमा स्थानीय तहका कर्मचारी आन्दोलित, सुदूरपश्चिममा स्थानीय तह ठप्प 

धनगढी- सुदूरपश्चिम प्रदेशमा स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्थानीय तह

मालीमा सबै राजनीतिक दल प्रतिबन्धित

काठमाडौं– पश्चिम अफ्रिकी मुलुक मालीमा सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

म्याग्दी– म्याग्दीको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलन गर्न थालिएको छ ।

जेनजी पुस्तालाई वर्षमानको सुझाव : राजनीतिक नेतृत्वमा आउनुपर्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले डिजिटल प्रविधि