प्रदेश प्रमुख खापुङ्ग समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस | Khabarhub Khabarhub

प्रदेश प्रमुख खापुङ्ग समक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्गलाई महालेखा परीक्षकको प्रदेशको आर्थिक वर्ष २०७७/७८ को चौथो वार्षिक प्रतिवेदन–२०७९ आज हस्तान्तरण गरिएको छ । प्रदेश प्रमुख खापुङ्गलाई नेपालको संविधानको धारा २९४ को उपधारा–३ बमोजिम नायब महालेखा परीक्षक पदमप्रसाद आचार्यले आव २०७७/७८ मा कारोबारको लेखा परीक्षण सम्पन्न गरिएको उक्त प्रतिवेदन पेस गरेका हुन्।

प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै साधन स्रोतको अधिकतम उपयोग गरी बेरुजु घटाउन महालेखा परीक्षकको कार्यालयले थप भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए । उनले वर्तमान अवस्थामा मितव्ययिता अपनाउनुपर्नेमा जोड दिँदै आम्दानी सम्बन्धमा स्पष्ट उल्लेख गर्नुपर्ने विचार राखे।

प्रदेश प्रमुख खापुङ्गले प्राप्त प्रतिवेदन मुख्यमन्त्रीमार्फत प्रदेशसभा तथा समितिका सभापतिमा बुझाइ बेरुजु घटाउने सम्बन्धमा आवश्यक छलफल हुने विश्वास व्यक्त गरे। नायब महालेखा परीक्षक आचार्यले प्रदेश वित्तीय प्रशासन र आर्थिक अनुशासनलाई सबल बनाउन अनुगमन, मूल्याङ्कन, जिम्मेवारी र जबाफदेहिता पालना गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने सुझाव दिए।

प्रतिवेदमा लेखा परीक्षण गरिएका निकाय सङ्ख्या १९७ रहेको छ भने रु ४५ अर्ब ५९ करोड १७ लाख ५८ हजार रकम रहेको छ । यस्तै यो वर्ष बेरुजु रु एक अर्ब ६२ करोड ८६ लाख १३ हजार देखिएको छ जसमध्ये असुल गर्नुपर्ने रु १७ करोड ४४ लाख ४९ हजार, नियमित गर्नुपर्ने रु एक अर्ब ३० करोड ७३ लाख ७१ हजार र पेश्की रु १४ करोड ६७ लाख ९२ हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : २२ बजे

‘जलवायु सङ्कट समाधानमा साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय सहकार्यलाई अझ मजबुत बनाउन सकिन्छ’

काठमाडौ– नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले साझा समझदारीमार्फत अन्तर्राष्ट्रिय

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काभ्रेपलाञ्चोक– बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाँडामा ३० फिट

प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले जलवायु परवर्तनको असर रोक्न

अदालतकाे कार्यशैलीप्रति संसदमा साेविताकाे प्रश्नैप्रश्न : न्यायिक प्रक्रियाको ह*त्या हुँदैछ

काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद साेविता गाैतमले संसदमा

यार्सा सङ्कलनका लागि मुगुका बासिन्दा पाटनतिर

मुगु– जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन