भारतमा कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिइने « Khabarhub

भारतमा कोरोना विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिइने


२९ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क लगाइने भएको छ ।

सरकारले बुधबार घोषणा गरेअनुसार १८ वर्षदेखि माथिका व्यक्तिलाई आगामी जुलाई १५ देखि निःशुल्क खोप दिइने छ । जुलाई १५ देखि ७५ दिनसम्म निःशुल्क खोप दिने व्यवस्था गरिएको अधिकारीहरूले जनाएका छन् ।

देशभर रहेका सबै सरकारी स्वास्थ्य संस्थाहरूमा यो सेवा उपलब्ध हुने पनि सूचना तथा प्रसारण मन्त्रालयले जनाएको छ ।

“भारतमा ७५ औँ स्वतन्त्रता दिवस मनाइदैछ । त्यसैको अवसरमा जुलाई १५ देखि ७५ दिनसम्म १८ भन्दा बढी उमेरका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा निःशुल्क दिने निर्णय गरेका छौँ,” सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले भने ।

भारतमा १२ देखि १४ वर्षसम्मका बालबालिकालाई यसअघि मार्च १६ देखि कोरोना भाइरस विरुद्धको खोप दिन थालिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ०२ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि