कमेडियनसँग ‘प्रकाश’ टुर  « Khabarhub

कमेडियनसँग ‘प्रकाश’ टुर 


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाहिरिएका कन्टेनमार्फत दर्शकमाझ आफ्नो पहिचान स्थापित गरिरहेको फिल्म ‘प्रकाश’ युनिटले मोफसलमा दर्शकसँग साक्षात्कार गर्ने भएका छन् । द्वन्द्वको समयमा एक शिक्षित युवाले शिक्षक बन्न गरेको संघर्षको कथा भन्ने फिल्मको ‘मोफसल टुर’ भने कमेडी सहितको हुनेछ । द्वन्द्वको परिवेशमा एउटा परिवारले भोगेको पिडालाई चित्रण गर्ने फिल्मको बारेमा जानकारी दिन टिमसँगै युवापुस्ताका कमेडियनहरु हुनेछन् ।

टेबल मुनीबाट नामक स्ट्यान्ड अप कमेडी टुरमा फिल्मका प्रकाश अर्थात् प्रदीपसँगै केमेडियनहरु आदर्श मिश्रा, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट शुरु भई भदौ ५ गते काठमाडौँमा टुङ्गिने छ । असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, श्रावण २० र २१ विराटनगर, श्रावण २७ र २८ हेटौँडामा र भदौ ३, ४ र ५ गते काठमाडौँमा कार्यक्रम आयोजना हुनेछ ।

काठमाडौँमा हुने इभेन्टमा मोफसलमा सहभागी कमेडियनसँगै अन्य कलाकारहरुको समेत उपस्थिति रहनेछ। फिल्म टिमले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसँग सहकार्य गरेको हो । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीपसँगै दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकाश सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ। महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १० : १० बजे

भोजपुर लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला

विपद् प्रतिकार्यका लागि ‘समुदाय विपद स्वयंसेवक’ तयार

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१

नेपाली फिल्ममा दशैँ भिडन्तका लागि अहिलेबाटै सितयुद्धको ‘वार्मअप’

काठमाडौं – मेकरहरूबाटै चौथर्फी आक्रमणमा परेकाले गत वर्षको दशैँमा फिल्म

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।