नेपाल्स सिङ्गिङ सुपरस्टार : स्वदेशी शोमा पनि दर्शकको आकर्षण « Khabarhub

नेपाल्स सिङ्गिङ सुपरस्टार : स्वदेशी शोमा पनि दर्शकको आकर्षण


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय नेपाली टेलिभिजनका पर्दाहरुमा गायनसँग सम्बन्धित धेरै रियालिटी शो हरु प्रशारणमा आइरहेका छन् ।

विदेशी फ्रेञ्चाइजहरुले स्थान लिइरहेको अवस्थामा पछिल्लो क्रममा केहि हप्ता पहिलेबाट नेपाली टेलिभिजनमा छुट्टै गायन रियालिटी शो प्रसारणमा आइरहेको छ, ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ । गत असार १२ गतेदेखि प्रसारण सुरू भएको यो रियालिटी शो लाई निर्माण कम्पनीले भिन्न बताएको छ । यो शो मा अन्य रियालिटी शो मा प्रतिभा देखाइसकेका ‘स्टार प्रतिभा’ले मात्रै स्थान पाएका छन् ।

अन्य रियालिटी शो मा भाग लिइसकेका गायक गायिका र पाँच वर्षदेखि संगीत साधनामा लागेका गायक गायिकालाई मात्रै छनोट गरिएको आयोजकले बताएको छ । ६ एपिसोड प्रसारण भइसक्दा नै सांगितिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नेपाली रियालिटी शो प्रेमीहरु लोकप्रिय हुँदैछ। ‘ब्याटल अफ दि स्टार्स’को रूपमा प्रसारण भइरहेको यो कार्यक्रममा निर्णायकको रुपमा दर्शकहरु माझ चर्चित र प्रतिष्ठित निर्णायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहेका छन्।

कार्यक्रममा प्रस्तोताको रुपमा टेलिभिजनको पर्दामा स्थापित होस्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ छन् । ३२ एपिसोडसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १० : ३५ बजे

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय

मधेशमा जुडशीतल पर्वको दोस्रो दिन : मान्यजनबाट शिरमा जलसेचन लिइँदै

महोत्तरी– मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ