नेपाल्स सिङ्गिङ सुपरस्टार : स्वदेशी शोमा पनि दर्शकको आकर्षण « Khabarhub

नेपाल्स सिङ्गिङ सुपरस्टार : स्वदेशी शोमा पनि दर्शकको आकर्षण


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय नेपाली टेलिभिजनका पर्दाहरुमा गायनसँग सम्बन्धित धेरै रियालिटी शो हरु प्रशारणमा आइरहेका छन् ।

विदेशी फ्रेञ्चाइजहरुले स्थान लिइरहेको अवस्थामा पछिल्लो क्रममा केहि हप्ता पहिलेबाट नेपाली टेलिभिजनमा छुट्टै गायन रियालिटी शो प्रसारणमा आइरहेको छ, ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ । गत असार १२ गतेदेखि प्रसारण सुरू भएको यो रियालिटी शो लाई निर्माण कम्पनीले भिन्न बताएको छ । यो शो मा अन्य रियालिटी शो मा प्रतिभा देखाइसकेका ‘स्टार प्रतिभा’ले मात्रै स्थान पाएका छन् ।

अन्य रियालिटी शो मा भाग लिइसकेका गायक गायिका र पाँच वर्षदेखि संगीत साधनामा लागेका गायक गायिकालाई मात्रै छनोट गरिएको आयोजकले बताएको छ । ६ एपिसोड प्रसारण भइसक्दा नै सांगितिक रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ नेपाली रियालिटी शो प्रेमीहरु लोकप्रिय हुँदैछ। ‘ब्याटल अफ दि स्टार्स’को रूपमा प्रसारण भइरहेको यो कार्यक्रममा निर्णायकको रुपमा दर्शकहरु माझ चर्चित र प्रतिष्ठित निर्णायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहेका छन्।

कार्यक्रममा प्रस्तोताको रुपमा टेलिभिजनको पर्दामा स्थापित होस्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ छन् । ३२ एपिसोडसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  १० : ३५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम