'साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ' | Khabarhub Khabarhub

‘साउन पहिलो हप्ता ५० हजार मेट्रिक टन मल नेपाल भित्रिन्छ’


३० असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्र कुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलो सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिएका छन् । उनले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताएका हुन्।

जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डिएपी मलको अभावबाट पाठ सिक्दै सरकारले रविबालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिए। उनले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिक टन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिक टन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताए।

कृषि क्षेत्रमा हाल देखिएको मल तथा उन्नत जातको बीउ बिजनको समस्याप्रति नेपाल सरकार गम्भीर रहेको र ती समस्या समाधानप्रति प्रयत्नशील रहेको मन्त्री यादवले जानकारी दिए। उनले भारतसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका किसानले भारतबाट रासायनिक मल खरिद गरी ल्याउँदा कुनै पनि प्रकारको व्यवधान खडा नगर्न प्रशासनलाई निर्देशन दिइएको बताए।

प्रकाशित मिति : ३० असार २०७९, बिहीबार  २ : ३१ बजे

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको

मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा

काठमाडौं– प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई

कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन्

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।

पूर्वउपराष्ट्रपति पुनको घरमा आगजनी

काडमाडौँ – पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का नेता नन्दबहादुर