बल्कोनीमा लुगा सुकाउनेलाई पाँच सय दिनार जरिमाना  « Khabarhub

बल्कोनीमा लुगा सुकाउनेलाई पाँच सय दिनार जरिमाना 


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत – कुवेतमा बल्कोनीमा लुगा सुकाउनेलाई १०० देखि ५०० दिनार जरिमाना गरिने भएको छ ।

यहाँको नगरपालिका काउन्सिलले सार्वजनिक गरेको सरसफाइ र फोहोर ढुवानी सम्बन्धी कानुनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको छ। जसमा सडकबाट देखिने गरी बल्कोनीमा लुगा, गलैँचा झुन्ड्याएर राख्नेलाई जरिवानाको व्यवस्था गरिएको छ।

मस्यौदा ऐनको दफा चारले गलैँचा र फर्निचर सफा गर्न वा सडक र सार्वजनिक स्थानमा रहेको बल्कोनीमा झुन्डाएर लुगा सुकाउन निषेध गरेको छ। प्रस्तावित नयाँ मस्यौदा कानुनको सातौँ अनुच्छेद अनुसार फुटपाथ, सडक, सार्वजनिक ठाउँ, पार्क, समुन्द्र किनार र राज्यको स्वामित्वमा रहेको जग्गामा निषेध गरिएको छ।

यस्तै, सडकमा बेवास्ता गरी राखिएका क्षतिग्रस्त सवारीसाधन, डुङ्गा र मोटरहोमहरू सडक, फुटपाथ र सार्वजनिक स्थानहरूमा छोड्न निषेध गरिएको छ। यदि त्यस्तो गरेको भेटिएमा मालिकहरूलाई ४८ घण्टाभित्र आफ्ना सवारीहरू हटाउन चेतावनी दिने, नहटाए सवारी साधन जफत गर्ने अधिकार नगरपालिकालाई दिएको र जफत गरेको मितिले तीन महिना बितिसक्दा कसैले दाबी नगरे उल्लङ्घन खर्च तिर्ने गरी बिक्री गरिने जनाएको छ ।

यो मस्यौदासँगै अब कुवेतमा कार्यरत नेपाली कामदारहरुले पनि सचेतता अपनाउनु पर्ने देखिएको छ । त्यहाँ कार्यरत नेपालीहरु कति पयको बस्ने ठाउँ क्याम्प सडक नजिकै भए र बल्कोनीमा लुगा लगायत अन्य सामान झुन्ड्याएर राखिएको भेटिए जरिवाना तिर्नुपर्ने हुन्छ। तसर्थ बेलैमा ध्यान दिन जरुरी छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिब ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ४२ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले