सासु–ससुराको हेरचाह गर्ने ‘असल बुहारी’ नगदसहित सम्मानित « Khabarhub

सासु–ससुराको हेरचाह गर्ने ‘असल बुहारी’ नगदसहित सम्मानित


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– उमरे ढल्कँदो अवस्थामा रहेका आफ्ना सासु–ससुराको राम्रोसँग हेरचाह गरेको भन्दै १७ जना बुहारी सम्मानित भएका छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ‘असल बुहारी’ भन्दै १७ जना महिलालाई सम्मान गरेको हो ।

वडा कार्यालयका अनुसार १७ जना महिलालाई एक कार्यक्रमका बीच नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

ढल्कँदो उमेरमा रहेका सासू–ससुराको स्याहारसुसार गरेर सम्मानका साथ जिउने आधार बनोस् र आफ्ना सन्तान हुँदाहँुदै कोही पनि ज्येष्ठ नागरिक वृद्धाश्रममा जान नपरोस् भनेर यो कार्यक्रम गरेको वडाध्यक्ष नीरबहादुर सारुले बताए ।

असल बुहारीका रुपमा सम्मानित भएकी शान्ती देवकोटाले शारीरिक रुपमा अशक्त सासु–ससुराको हेरचाह गर्ने आफूहरुको जिम्मेवारी रहेको बताइन् । ‘सासु–ससुर पनि हामीलाई जन्म दिने बुवा–आमाजस्तै हुन्,’ शान्तिले भनिन्, ‘ढल्कँदो उमेरमा उहाँहरुलाई चाहिने माया हामीले नै दिने हो । उहाँहरुको हेरचाह गर्ने हाम्रो जिम्मेवारी हो ।’

वडा कार्यालयले ८० वर्षभन्दा माथिका ४१ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको छ ।

१०० वर्षीया चन्द्रकला न्यौपानले वडा कार्यालयबाट सम्मान पाउँदा खुसी लागेको बताइन् । १०० वर्षीया चन्द्रकलाको हेरचाह उनकी नातिनी बुहारी पम्फा न्यौपानेले गर्दै आएकी छन् ।

पम्फा पनि वडा कार्यालयबाट ‘असल बुहारी’का रुपमा सम्मानित भइन् ।

यसैगरी निस्दी गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालयले पनि असल छोरा–बुहारीलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १२ : ३९ बजे

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा