सासु–ससुराको हेरचाह गर्ने ‘असल बुहारी’ नगदसहित सम्मानित « Khabarhub

सासु–ससुराको हेरचाह गर्ने ‘असल बुहारी’ नगदसहित सम्मानित


५ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– उमरे ढल्कँदो अवस्थामा रहेका आफ्ना सासु–ससुराको राम्रोसँग हेरचाह गरेको भन्दै १७ जना बुहारी सम्मानित भएका छन् ।

पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ‘असल बुहारी’ भन्दै १७ जना महिलालाई सम्मान गरेको हो ।

वडा कार्यालयका अनुसार १७ जना महिलालाई एक कार्यक्रमका बीच नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

ढल्कँदो उमेरमा रहेका सासू–ससुराको स्याहारसुसार गरेर सम्मानका साथ जिउने आधार बनोस् र आफ्ना सन्तान हुँदाहँुदै कोही पनि ज्येष्ठ नागरिक वृद्धाश्रममा जान नपरोस् भनेर यो कार्यक्रम गरेको वडाध्यक्ष नीरबहादुर सारुले बताए ।

असल बुहारीका रुपमा सम्मानित भएकी शान्ती देवकोटाले शारीरिक रुपमा अशक्त सासु–ससुराको हेरचाह गर्ने आफूहरुको जिम्मेवारी रहेको बताइन् । ‘सासु–ससुर पनि हामीलाई जन्म दिने बुवा–आमाजस्तै हुन्,’ शान्तिले भनिन्, ‘ढल्कँदो उमेरमा उहाँहरुलाई चाहिने माया हामीले नै दिने हो । उहाँहरुको हेरचाह गर्ने हाम्रो जिम्मेवारी हो ।’

वडा कार्यालयले ८० वर्षभन्दा माथिका ४१ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको छ ।

१०० वर्षीया चन्द्रकला न्यौपानले वडा कार्यालयबाट सम्मान पाउँदा खुसी लागेको बताइन् । १०० वर्षीया चन्द्रकलाको हेरचाह उनकी नातिनी बुहारी पम्फा न्यौपानेले गर्दै आएकी छन् ।

पम्फा पनि वडा कार्यालयबाट ‘असल बुहारी’का रुपमा सम्मानित भइन् ।

यसैगरी निस्दी गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालयले पनि असल छोरा–बुहारीलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार  १२ : ३९ बजे

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका