‘नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व’ « Khabarhub

‘नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व’


३१ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीउधनको रक्षा र शान्तिसुरक्षा सरकारको पहिलो दायित्व भएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनले आज गृह मन्त्रालयमा बुझाएको १३ बुँदे ज्ञापनपत्र बुझ्दै उनले महिला, बालबालिका हत्या, हिंसा, र बलात्कारका घटना हुन नदिन सरकार प्रयासरत रहेको बताएका हुन् । उनले १३ बुँदे मागबारे सुरक्षा निकायसँग छलफल गरी आवश्यक सम्बोधन गर्न पहल गर्ने बताए ।

राप्रपा महामन्त्री तथा महिला विभाग प्रमुख कुन्ती शाहीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले महिलाको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता तयार गर्न माग गरेको थियो । यस्तै हिंसामा परेका महिलाको सुरक्षाको व्यवस्था मिलाउन पनि सङ्गठनले माग गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : १२ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा