इरानले अमेरिकी सैनिक ड्रोन खसाल्यो « Khabarhub

इरानले अमेरिकी सैनिक ड्रोन खसाल्यो


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– अमेरिका र इरानबीच तनाव चुलिरहेका बेला फारसको खाडी क्षेत्रमा अमेरिकी सैनिक ड्रोन खसालेको छ । इरानको रिभल्यूशनरी गार्ड कप्र्सले बुधबार दक्षिणी इरानको हर्मोजगान प्रान्तस्थित जलक्षेत्रको आकाशमा उडान भरेको अमेरिकी ‘गुप्तचर’ विमानलाई खसालेको दाबी गरेको हो ।

इरानको इर्ना समाचार संस्थाले गुप्तचरी अभियानका लागि इरानको आकाशमा उडान भरेको अमेरिकी आरक्यू–४ ग्लोबल हक नामक चालकरहित ड्रोन खसालेको जनाएको हो ।

अमेरिकी सेनाले इरानको दाबीलाई पुष्टि गर्दै अन्तर्राष्ट्रिय जलक्षेत्रमा उडान भरेको आफ्नो सैनिक ड्रोन इरानद्वारा खसालिएको जनाएको छ । अमेरिकी अधिकारीले भने इरानले खसालेको ड्रोन आरक्यू–४ ग्लोबल हक नभई अमेरिकी जलसेनाको एमक्यू–४ सी ट्राइटन रहेको जनाएको छ ।

अमेरिकी सैनिक अधिकारीले इरानले अमेरिकी ड्रोन खसाल्ने बेला कुनै पनि अमेरिकी ड्रोनले इरानको आकाशमा उडान नभरेको स्पष्ट पारेका छन् ।

पछिल्लो समय खाडी क्षेत्रमा तेल बोकेका दुई ट्यांकरमाथि आक्रमण भएपछि खाडी क्षेत्रमा तनाव चुलिरहेको छ । अमेरिकासहित साउदी अरब र अन्य खाडी मुलुकले आक्रमणको दोष इरानलाई दिँदै आएका छन् भने इरानले उक्त दाबीको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  १ : ३७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते