आईसीसी वरियतामा पारस खड्काको फड्को, विश्वका शीर्ष ४० खेलाडीमा परे | Khabarhub Khabarhub

आईसीसी वरियतामा पारस खड्काको फड्को, विश्वका शीर्ष ४० खेलाडीमा परे


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अलराउन्डर तर्फको बरियतामा करियरकै लामो फड्को मारेका छन् । आइतबार आईसीसीले सार्वजनिक गरेको नयाँ बरियता अनुसार कप्तान खड्का विश्वका शीर्ष ४० अल—राउन्डर क्रिकेटर भित्र अटाएका हुन् ।

खड्को नेतृत्वमा यूएईविरुद्ध अघिल्लो हप्ता ट्वान्टी—२० शृङ्खला २—१ ले जितेपछि उनको बरियतामा अहिलेसम्मकै राम्रो सुधार भएको हो । ७६ अंक पाएका उनी ४० औं स्थानमा रहेका छन् ।

ब्याटिङ तर्फ पनि कप्तानको बरियतामा सुधार आएको छ । यसअघि ९६ औं स्थानमा रहेका खड्का नयाँ बरियतामा ९० औं स्थानमा रहेका छन् ।
राष्ट्रिय टोलीका तीव्र्र गतिका बलर सोमपाल कामीले पनि अलराउन्डरमा फड्को मारेका छन् । यसअघि ६३ औं स्थानमा रहेका सोमपाल ६० अंकसहित ५१ औं स्थानमा उक्लिएका छन् , भने बलिङतर्फ ७० औं स्थानमा रहेका छन् ।  यसअघि सोमपाल ९४ औं स्थानमा रहेका थिए ।

राष्ट्रिय टोलीका स्पिनर वसन्त रेग्मीको पनि सुधार भएको छ । रेग्मीले ४ स्थान सुधार गर्दै ७१ औं स्थानमा पुगेका छन् । यसअद्धि उनी ७४ औं स्थानमा रहेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ४२ बजे

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

दशरथचन्द– बैतडीका ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

यातायात व्यवस्था विभागको सर्भर काठमाडौं उपत्यकामा सुचारु 

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा सुचारु भएको छ ।