आईसीसी वरियतामा पारस खड्काको फड्को, विश्वका शीर्ष ४० खेलाडीमा परे « Khabarhub

आईसीसी वरियतामा पारस खड्काको फड्को, विश्वका शीर्ष ४० खेलाडीमा परे


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अलराउन्डर तर्फको बरियतामा करियरकै लामो फड्को मारेका छन् । आइतबार आईसीसीले सार्वजनिक गरेको नयाँ बरियता अनुसार कप्तान खड्का विश्वका शीर्ष ४० अल—राउन्डर क्रिकेटर भित्र अटाएका हुन् ।

खड्को नेतृत्वमा यूएईविरुद्ध अघिल्लो हप्ता ट्वान्टी—२० शृङ्खला २—१ ले जितेपछि उनको बरियतामा अहिलेसम्मकै राम्रो सुधार भएको हो । ७६ अंक पाएका उनी ४० औं स्थानमा रहेका छन् ।

ब्याटिङ तर्फ पनि कप्तानको बरियतामा सुधार आएको छ । यसअघि ९६ औं स्थानमा रहेका खड्का नयाँ बरियतामा ९० औं स्थानमा रहेका छन् ।
राष्ट्रिय टोलीका तीव्र्र गतिका बलर सोमपाल कामीले पनि अलराउन्डरमा फड्को मारेका छन् । यसअघि ६३ औं स्थानमा रहेका सोमपाल ६० अंकसहित ५१ औं स्थानमा उक्लिएका छन् , भने बलिङतर्फ ७० औं स्थानमा रहेका छन् ।  यसअघि सोमपाल ९४ औं स्थानमा रहेका थिए ।

राष्ट्रिय टोलीका स्पिनर वसन्त रेग्मीको पनि सुधार भएको छ । रेग्मीले ४ स्थान सुधार गर्दै ७१ औं स्थानमा पुगेका छन् । यसअद्धि उनी ७४ औं स्थानमा रहेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  २ : ४२ बजे

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई

नेपाल लिकर्सका सीईओ तुलाधर एसिया बिजनेस लिडर्स अवार्डबाट सम्मानित

काठमाडौं– नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह