विप्लव समूहले फायर खोल्दा प्रहरीले प्रतिफायर गरेको हो– प्रहरी प्रवक्ता | Khabarhub Khabarhub

विप्लव समूहले फायर खोल्दा प्रहरीले प्रतिफायर गरेको हो– प्रहरी प्रवक्ता


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच गोली हानाहान भएको छ ।

दोहोरो गोली हानाहानमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्जको मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले दोहोरो भीडन्तमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको खबरहबलाई जानकारी दिए ।

बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेवी खोला नजिक प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको प्रवक्ता पोखरेलले बताए ।

विप्लव कार्यकर्ताको पिछा गरिरहेको प्रहरीमाथि विप्लव समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको पोखरेलको भनाइ छ ।

‘विप्लव कार्यकर्तालाई पिछा गरिरहेको प्रहरीमाथि दुईवटा मोटरसाइकलमा रहेका उनीहरुले गोली हान्दै जंगल तर्फ भाग्न खोजेका थिए’ प्रवक्ता पोखरेलले भने,‘विप्लव समूहले फायर खोलेपछि प्रहरीले प्रतिफायर गरेको हो ।’

दोहोरो गोली हानाहानका क्रममा पौडेलको घटना स्थलमै मृत्यु भएको र अन्य तीन जना भने दुईवटा मोटरसाइकल छोडेर जंगलतर्फ भागेको उनको भनाइ छ । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको उनले बताए ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ४ : ०१ बजे

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

सुनसरी– नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको

घ्याम्पेसाल–पाँचखुवा देउराली–ताकुकोट सडक कालोपत्र

गोरखा– गोरखा सदरमुकामबाट घ्याम्पेसाल हुँदै बारपाक सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोट

संस्कृति संरक्षणका लागि घोडा दौड

वीरगञ्ज– पर्सास्थित वीरगञ्जका प्राचीन कला र संस्कृति जोगाउन शनिबार वीरगञ्ज

धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

सुनसरी– धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा

काठमाडौं उपत्यकासहित पहाडी भूभागमा बिहानैदेखि वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल