गृहमन्त्री र गृह सचिवले शान्ति सुरक्षाको नाममा एक वर्षमा गरे १ करोड ३८ लाखभन्दा बढी रकम खर्च | Khabarhub Khabarhub

गृहमन्त्री र गृह सचिवले शान्ति सुरक्षाको नाममा एक वर्षमा गरे १ करोड ३८ लाखभन्दा बढी रकम खर्च


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री र गृह सचिवले एक वर्षमा शान्ति सुरक्षाको नाममा १ करोड ३८ लाख ५ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

उनीहरूले उक्त रकम आर्थिक वर्ष २०७७/७८ मा खर्च गरेको महालेखापरीक्षकको कार्यालयले गत साता सार्वजनिक गरेको आफ्नो ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

मन्त्रिपरिषद्को २०५० जेठ १३ गतेको निर्णयअनुसार शान्ति सुरक्षा कायम राख्ने प्रयोजनको लागि एक पटकमा गृहमन्त्रीले ५० हजार रुपैयाँ र गृह सचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने व्यवस्था रहेको छ ।

सोही व्यवस्थाअनुसार आर्थिक वर्ष २०७७/७८ मा गृहमन्त्रीले ६२ लाख ५० हजार रुपैयाँ र गृह सचिवले ७५ लाख ५५ हजार रुपैयाँ खर्च गरेको महालेखाले जनाएको छ । अर्थमन्त्रीले भन्दा गृह सचिवले उक्त वर्ष शान्ति सुरक्षाको नाममा १३ लाख ५ हजार रुपैयाँ बढी खर्च गरेको देखिएको छ ।

‘निर्णयमा एक पटकको खर्चको सीमा तोकिए तापनि साप्ताहिक, मासिक वा कुनै निश्चित अवधि किटान नगरेकोले स्पष्टतासहित अवधि किटान गरिनुपर्दछ,’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ ।

उक्त वर्ष गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ र गृह सचिवमा महेश्वर न्यौपाने रहेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ४२ बजे

कास्कीको धितालमा एन्फा टेक्निकल सेन्टर बनाउन पहल गर्ने प्रचण्डको प्रतिवद्धता

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको माछापुछ्रे

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच जना मात्रै

तनहुँ– तनहुँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका

टर्कीमा रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति

इस्तानबुल – टर्कीको इस्तानबुलमा बुधबार भएको वार्ता पछि रुस र

एक वर्षमा वन्यजन्तुको आक्रमणबाट ११ जनाको मृत्यु

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१–०८२ मा हात्ती,

भक्तपुरको बोडेमा सुर्खेतका दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला

भक्तपुर– भक्तपुरमा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्