देउवाप्रति योगेशको कटाक्ष– रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो « Khabarhub

देउवाप्रति योगेशको कटाक्ष– रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले विपक्षी दलले संविधान र कानुनको उलंघन गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुदै उनले प्रजातन्त्रवादीको श्रीपेच लगाईदिएको पार्टीले संविधान नियम, कानुन नमान्नुको साथै संसदमा सभामुखको आदेश पनि नमान्ने गरेको आरोप लगाए ।

प्रधानमन्त्रीले बोल्न खोजेको बेला समय नपाउनु भनेको संसदीय इतिहास र परम्परा विपरित भएको उनको भनाइ थियो । उनले आफुलाई प्रजातन्त्रवादीको श्रीपेच लगाएर मात्रै नहुने भन्दै प्रतिनिधिसमा नियमावलिको दफा १२ मा दैनिक कार्यसुचीको बारेमा उल्लेख भएको र त्यसलाई संसदमा रहेका सबैले मान्नुपर्ने बताए ।

उनले भने“सभामुखका आदेश मान्दैनौ ? नियम मान्दैनौ । कानुन मान्दैनौ । संविधान मान्दैनौ । किन कि दुनियाले हामीलाई प्रजातन्त्रवादी भनिदिएकै छ । संविधान नमानेपनि प्रजातन्त्रवादीको श्रीपेच लगाउन पाईएकै छ । त्यसकारणले संविधान मान्दैनौ । कानुन मान्दैनौ । कानुन र संविधान कम्युनिष्टलाई मात्रै लाग्छ । ”

भट्टराईले भने “मलाई त लागेको थियो, नेपाली कांग्रेस जस्तो जिम्मेवार पार्टीले संसदमा जे भयो, त्यसमा आत्मालोचन गर्ला भनेको त भोलिपल्ट आएर झन रिसाएको बिरालोले खाँबो चिथोरेजस्तो ढंगले पो यहाँ प्रस्तुत हुन थाल्नुभयो । ”

उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले लामो समय बेलायतमा पढेपनि त्यहाँको संसदीय अभ्यासलाई भने नबुझेको टिप्पणी गरे । उनले भने “विश्वविद्यालयतिर धेरै जानुपर्ने भएकाले होला बेलायतको संसदतिर भने जान उहाँलाई फुर्सद भएनछ । त्यसकारण बेलायतको अभ्यास के थियो ? दुनियाँको संसदीय अभ्यास के थियो भन्ने सायद कम जानकारी भयो होला । ”

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ४ : ४८ बजे

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार