साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा  « Khabarhub

साउदीमा अलपत्र ११ नेपाली फर्किए, ३२ जना उद्दारको पर्खाइमा 



दोहा – रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र ४३ नेपाली मध्य ११ जना आज (सोमबार) नेपाल फर्किएका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परी दलाललाई मोटो रकम दिएर रोजगारीका लागि उनीहरू साउदी अरब पुगेर अलपत्र परेका थिए ।

काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालिमार्फत ६-७ महिनाअघि उनीहरू साउदी पुगेका थिए। अलपत्र कामदार सम्झौता अनुसारको काम र तलब नपाएपछि विगत लामो समयदेखि उद्दारको पर्खाइमा थिए ।

ब्लु ग्यालेक्सीले पठाएका धेरै नेपाली मध्ये २५ जनाले काम पाएको र बाँकी ४३ जना अलपत्र परेको पीडितहरूले बताएका थिए । अलपत्र ४३ मध्ये २६ जना साउदीको जेद्धामा र १७ जना दम्माममा अलपत्र परेका थिए । यसपटक दम्माममा अलपत्र १७ मध्ये ११ जनालाई साउदीबाट दुबई हुँदै नेपाल पठाइएको बिनोद दहालले जानकारी दिए ।

‘११ जनालाई म्यानपावरले सोमबार फर्कायो, अझै धेरै साथीहरू उद्दारको पर्खाइमा हुनुहुन्छ,’ उनले भने, ‘अब केहिदिन भित्रमै सबै साथीहरुलाई फर्काउने जवाफ म्यानपावरका सञ्चालक हिमहरी अर्यालले दिएका छन् ।’

जेद्धा र दम्माम अलपत्र परेका नेपालीहरूलाई ब्लु ग्यालेक्सी सञ्चालक अर्यालले कोठा भाडामा लिएर राखेको भए पनि पछिल्लो समय भाडा नतिरेपछि उनीहरूलाई होटेल सञ्चालकले कोठाबाट निकाली दिएको छ । हाल उनीहरूले भोक भोकै सडकमा बस्न बाध्य भएको बताएका थिए ।

उनीहरू सडकमा भोक भोकै बसेको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीले कोठा खोजेर राखिदिएको छ । खानाको लागि साउदीमा रहेका विभिन्न संघ संस्था तथा सामाजिक अभियन्ताहरूले खाद्यान्न सहयोग गरिरहेको पीडितहरूले बताए ।

बाँकी रहेका ३२ जनालाई म्यानपावरले एक हप्ताभित्रमा स्वदेश फर्काइसक्ने बताएको छ । सञ्चालक अर्याल पनि पीडितहरूको समस्या समाधान गर्न भन्दै अहिले साउदीमै छन् ।

उनीहरूले लामो समयदेखि कामविहीन भएर बस्दा आफूहरूलाई समस्या भएको भन्दै पठाउने म्यानपावरलाई कारबाही गर्न र आफूहरूलाई सकुशल नेपाल फिर्ता गर्ने वातावरण मिलाइदिन नेपालस्थित श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत विभिन्न मानवअधिकारवादी सङ्घसंस्थालाई अपिल गरे पनि कुनै सुनवाइ नभएको गुनासो गर्दै आएका छन् ।

उनीहरूले म्यानपावरका सञ्चालक रमेश अमगाइन र अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए। म्यानपावरले साउदीको आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको थियो। तर, त्यहाँ पुगेपछि सडक सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ५७ बजे

मौन बस्ने प्रधानमन्त्रीको गल्ती चोख्याउन अपजसको भारी बोक्दै सभापति

काठमाडौं- प्रधानमन्त्री बनेको तीन महिना नबित्दै वालेन्द्र शाहले गरेका निर्णयहरु

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

इलाम- सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले इलामको

नेपाल–चीन कृषि सहकार्यमा नयाँ सुरूवात : खोकनामा ‘छोङछिङ-नेपाल तरकारी तालिम केन्द्र’

काठमाडौं- नेपालको कृषि क्षेत्रलाई आधुनिक प्रविधि र वैज्ञानिक पद्धतिसँग जोड्दै

अध्यादेशबाट हटाइए पुराना, तर सरकारसँग छैन नयाँ ल्याउने नयाँ तरिका

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था

सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत सहमतिका लागि आयोगको सिफारिस

काठमाडौं- राष्ट्रिय योजना आयोगले विभिन्न आठ वटा सडक आयोजनाको बहुवर्षीय