सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए राजीनामा « Khabarhub

सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए राजीनामा


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन् ।

‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको हो । यस मञ्चको सफलताको लागि खेलिने भूमिकामा कमी हुने छैन । यस मञ्चलाई शिखरतर्फ डोर्‍याउने कार्यमा सदैव एक सिपाहीको रूपमा लागिपरिरहने छु । पदभन्दा ठूलो मञ्च हो र यसलाई जसरी पनि बचाउनुपर्छ भन्ने मूलमन्त्रको साथमा मैले राजीनामा दिएको छु,’ आइतबार उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लकान्द्रीले आफू र मञ्चप्रति लागेका आरोपहरू कपोकल्पित र निराधार थियो भन्ने प्रमाणित भएको उल्लेख गरेका छन् । ‘धेरै संघर्ष गरेर मञ्च जन्माएको बताउँदै उनले भनेका छन्,‘मेरो मानसपटलमा विगतका ती दिनहरू झलझली आइरहेको छ । जुनेला हामी सम्पूर्ण निजी कामहरू थाती राखेर यस मञ्चको स्थापनाको लागि घर, गल्ली र पसलहरू चहार्नु परेको थियो । त्यतिबेलाको कठोर मेहनत र परिश्रमको प्रतिफल नै हो आजको राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च । जुन आजको दिनमा सुनचाँदी क्षेत्रमा लागेका व्यवसायीहरूको आशाको केन्द्रविन्दु बनेको छ र राष्ट्रिय रूप धारण गरेको छ,’ उनले भनेका छन् ।

उनले नयाँ बन्ने तदर्थ समितिलाई शुभकामना दिँदै विगतका तिता मिठा क्षणहरू बिर्सिएर अगाडि बढ्ने विश्वास लिएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ०० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी