गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड « Khabarhub

गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- आज साउन महिनाको पहिलो सोमबार । पश्चिम नेपालको पशुपतिनाथका नामले चिनिने म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिक स्थल गलेश्वरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार प्रिय बार मानिन्छ । पहिलो सोमबार भगवान् शिवको पूजा आराधना गर्नका लागि चितवन, काठमाडौँ, पोखरा, नवलपरासी, पर्वत, बागलुङ, म्याग्दीलगायतका ठाउँबाट भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको गलेश्वर धाममा आज बिहानैदेखि पूजाआजाको विशेष प्रबन्ध मिलाइएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। गलेश्वरमा साउन महिनाको सोमबार, शिवरात्रि र बालाचर्तुदशीमा विशेष मेला लाग्ने गर्छ । गलेश्वरको दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

काली गण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रूपमा परिचित गलेश्वरलाई पछिल्लो समय पश्चिमको पशुपतिनाथसमेत भन्न थालिएको छ ।

गलेश्वरका साथै म्याग्दीका अन्य शिवालयमा पनि आज बिहानैदेखि भक्तजनको बाक्लो भीड लागेको छ । बेनी शिवालय, बाबियाचौर, अर्मनको कैलाशफाँट, दरबाङलगायत ठाउँमा रहेको शिवालयमा साउनको पहिलो सोमबार आज पूजाआजा गर्ने भक्तजनको भीड लागेको स्थानीयले बताएका छन् ।

गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले काठमाडौँ, चितवन, कास्की, पर्वत, बागलुङका साथै म्याग्दीको ग्रामीण क्षेत्रबाट भक्तजन आएको बताए। मन्दिर प्रवेशमा मास्क अनिवार्य बनाइएको छ ।

पूजा व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वमंसेवक परिचालन भएका छन् । बेनीको खुला मञ्च नजिकैको शिवालय मन्दिरमा पनि बिहानैदेखि पूजाआजा गर्न आएका भक्तजनको चहलपहल भएको शिवालय मन्दिर संरक्षण समितिका सुन्दर केसीले जानकारी दिए।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १ : ४९ बजे

सोमबारदेखि सेयर कारोबारमा ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक, ८ प्रतिशतमा कारोबार बन्द हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारका नियमहरूमा महत्त्वपूर्ण

भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार

भक्तपुर- नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारी सञ्चालन

चितवनमा यस वर्ष ४५८ दुर्घटना

चितवन- चितवन जिल्लामा सवारी दुर्घटना हुने क्रम घट्दै गएको छ

१२ संसदीय समितिका सभापतिले लिए शपथ

काठमाडौं- प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज

अस्पतालमा पनि सातामा दुई दिन बिदा, आकस्मिक सेवा भने नरोकिने

काठमाडौं– सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै