रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा « Khabarhub

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा


१२ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज तथा उद्धार अभियानअन्तर्गत ४४९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेका छन्।

नेपाली सेनाका अनुसार आज २०८३ भाद्र १२ गते दिउँसो १२ः२० बजेसम्म सेनाका हेलिकप्टरमार्फत टिमुरे, स्याफ्रुवेशी, मैलुङलगायतका प्रभावित क्षेत्रबाट उनीहरूको उद्धार गरिएको हो ।

उद्धार गरिएका विदेशी नागरिकमा १३ जना भारतीय र ४ जना जर्मन नागरिक रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन नेपाली सेनाको करिब ४ हजार ५ सयभन्दा बढी फौज परिचालन गरिएको सेनाले जनाएको छ ।

सेनाका टोलीले सम्बन्धित निकायसँग समन्वय गरी घाइते तथा प्रभावितको खोजी, उद्धार, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण गरिरहेको छ ।

बाढीका कारण रसुवालगायत प्रभावित जिल्लामा ठूलो जनधनको क्षति भएको छ । 

प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सुरक्षा निकाय र स्थानीय प्रशासनबीच समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार  १ : ५० बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका