मेलम्ची खानेपानी आयोजनाको काम सुचारु | Khabarhub Khabarhub

मेलम्ची खानेपानी आयोजनाको काम सुचारु


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको काम अब सुचारु भएको छ ।

केही महिनादेखि ठप्प रहेको यस आयोजनाको कामलाई तीव्र गतिले अगाडि बढाउन खानेपानी मन्त्रालय अन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले गृहकार्य गरिरहेको छ ।

सुरुङ भित्र गरिने भेन्टिलेसन साफ्टको कामलाई समितिले अगाडि बढाएको छ भने सुन्दरीजलमा बढी भएको पानी बाग्मतीमा खसाल्ने आउट फलको काम पनि सुरु भएको छ ।

समितिले मेलम्ची आयोजनाको सुरुङ फिनिसिङ र हेड वक्र्स निर्माणको कार्य अघि बढाउन दुई वटा मुख्य प्याकेजको राष्ट्रिय बोलपत्र आव्हान गरेको थियो । जसमा सुरुङ फिनिसिङका लागि गरिएको बोलपत्र टेण्डर आव्हानको समय सकिएकाले यसको मूल्यांकन भईरहेको छ ।

हेडवक्रस मुहानको संरचना  निर्माणको कार्यका लागि गरिएको बोलपत्रको अन्तिम समयावधि असार १६ गतेसम्म रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।

प्रवक्ता शाक्यले भने, ‘अब मेलम्चीको काम सुरु भइसकेको छ । सुरुवाती चरणमा भेन्टिलेसन साफ्टका लागि ड्रिलिङको काम सुरु भएको छ । उता सुन्दरीजलमा पानीको आउट फलका लागि काम अघि बढाइएको छ ।’

मन्त्रालयका प्रवक्ता शाक्यका अनुसार मेलम्ची आयोजनाको बाँकी कामलाई मुख्य दुईवटा प्याकेजमा विभाजन गरिएको र त्यसभित्र स(साना गरी १० वटा प्याकेजमा बाँडिएको छ ।

‘पहिलो प्याकेजमा हेड वक्र्स अन्तर्गत ड्याम निर्माण र पुल निर्माण लगायत छन्, उनले भने, ‘दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट निर्माण र भेन्टिलेसन साफ्ट लगायतका निर्माण कार्य छन् । अब मेलम्चीमा देखिएको अन्यौलता समाप्त भएको छ ।’

सुरुङ फिनिसिङ कार्यका लागि गरिएको बोलपत्र आव्हानमा बोलपत्र दर्ता गरेका कम्पनीहरुको मूल्यांकन गरी छिट्टै अन्य बाँकी काम सुचारु गर्ने तयारी मेलम्ची समितिले गरिरहेको छ ।

एक महिनाअघि मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयले समितिलाई मेलम्चीको काम तत्काल सुचारु गर्न निर्देशन दिएकाले काम अघि बढेको हो ।

गत पुसमा इटालियन कम्पनी सिएमसी दि राभेनाले आफू आर्थिक रुपमा टाट पल्टेको घोषणा गर्दै एकतर्फी काम छाडेर गएपछि मेलम्चीको काम रोकिएको थियो ।

रोकिएको मेलम्चीको काम अघि बढाएर तोकिएको समयभित्रै काठमाडौंमा पानी ल्याउन सरकार गम्भीर भएर लागेको प्रवक्ता शाक्यले बताए । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ५ : १४ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख