‘श्रीलंका सटडाउन हुन्छ’ « Khabarhub

‘श्रीलंका सटडाउन हुन्छ’


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिंघेले छिट्टै स्थिर सरकार गठन नभए देश ‘सटडाउन’ हुन सक्ने चेतावनी दिएका छन् । उनले भने, ‘अत्यावश्यक पेट्रोलियम पदार्थका लागि पर्याप्त विदेशी मुद्रा पाउन सकिन्छ कि सकिँदैन भन्नेमा धेरै अनिश्चितता छ ।’

उनले अगाडि थपे, ‘अन्तर्राष्ट्रिय बेल आउट प्याकेज प्राप्त गर्ने प्रगति स्थिर प्रशासनमा भर पर्छ । आर्थिक संकटलाई लिएर सर्वसाधारणको प्रदर्शन जारी छ । राष्ट्रपति गोटाबाय राजापाक्षे विदेश भागेका छन् र कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशका विभिन्न स्थानमा कर्फ्यु लगाएका छन् ।

श्रीलंकाली अर्थतन्त्र ध्वस्त भएको छ  । खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिहरूको मूल्य सामान्य मानिसहरूको लागि छोइ नसक्नु भएको छ ।

धेरैले राजपाक्षे प्रशासनलाई संकटको कुप्रबन्ध गरेको आरोप लगाउँछन् र मेमा प्रधानमन्त्री बनेका श्री विक्रमासिंघेलाई समस्याको एउटा अंशको रूपमा लिएका छन् ।

अप्रिलमा मात्र केन्द्रीय बैंकको गभर्नरको रूपमा पदभार ग्रहण गरेका नन्दलाल विरासिंघेले स्थिर प्रशासन बिना आवश्यक वस्तुहरू कसरी उपलब्ध गराउने भन्ने बारे अगाडिको बाटो नदेखेको बताए ।

‘हामीले यो महिनाको अन्त्यसम्म डिजेलको कम्तीमा तीन ढुवानी र केही एक वा दुई वटा पेट्रोल ढुवानीका लागि रकम बुझाउन सक्छौँ । तर, त्यसपछि हामी पर्याप्त विदेशी मुद्रा उपलब्ध गराउन सक्षम हुनेछौँ कि छैन भन्नेमा धेरै अनिश्चितता छ,’ उनले थपे ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ३ : ०२ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको