मधुश्रावणी पूजा सुरु « Khabarhub

मधुश्रावणी पूजा सुरु


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- तराई मधेसका सीमित जातजातिका नवविवाहित दुलहीले १५ दिनसम्म मनाउने मधुश्रावणी पूजा सोमबार विधिवत रूपमा सुरु भएको छ। साउन महिनाको मैना नाग पञ्चमीदेखि सुरु भएको पूजा मिथिलाका ब्राह्मण, कायस्थ, देव तथा सोनार जातिका नवविवाहिता महिलाहरूले यो व्रत बस्ने चलन छ।

माइतीमा यो पूजाको आयोजना हुने हुनाले पूजा सुरु हुने अघिल्लो दिनदेखि नै नवविवाहिता बेहुलीले आफ्ना साथीहरूसँग गाउँ डुलेर विभिन्न प्रकारका फुलपात टिपेर ल्याउने भोलिपल्ट त्यही बासी तथा ताजा फुलपातले भगवान् शिव, गौरी, नाग नागिनलगायतलाई पूजा गर्ने गर्दछन्।

पूजा सुरु भएदेखि सम्पन्न हुने दिन १५ दिनसम्म छिमेकी महिलाहरू व्रतालु महिलाको घरमा आउने भगवानहरूको जीवन शैलीमा आधारित गीत गाउने र एक जनाले भगवान शिव र माता पार्वतीको जीवन शैलीमा आधारित कथा भन्ने चलन रहेको मावि क्याम्पस राजविराजका प्राध्यापक बन्दना मिश्रले बताइन्। ‘यो पूजा गर्ने उद्देश्य धेरै भएपनि यस पूजामा प्रकृतिको धेरै सामग्री अनिवार्य चढाइने भएकाले यस पूजाले पर्यावरण र प्रकृतिको संरक्षण गर्न सिकाएको छ। प्रत्यक्ष अप्रत्यक्ष रूपमा संरक्षण हुँदै आएको छ,’ उनले भनिन् ।

१५ दिनसम्म चल्ने पूजाले नवविवाहित दम्पतीले आफ्नो परिवार कसरी सञ्चालन गर्ने भन्ने विषयमा समेत सिकाउने गरेपछि परिवार सञ्चालन गर्न सहज हुने गरेको प्राध्यापक मिश्रको भनाइ छ। नवदम्पतीलाई प्रेम, अनुशासन, प्रकृतिको रक्षा, आफ्नो घर परिवारप्रतिको जिम्मेवारीबोध हुनेखाले कथा सुनाइने हुनाले त्यसमा निश्चित रूपमा सहयोग गर्दै आएको आफूले महसुस गरेको राजविराज२ की मीना देवले बताइन्।

पूजामा चढाइने सबै सामग्री मटोले बनाएको हात्ती,अहिवात (माटोको भाँडो) चारमुखे दियो, माटोको घैला, पानको पात, पान, सुपारी, सिन्दूर, बेलको पात, विभिन्न प्रकारका फलफूल, गाईको काँचो दूध, धानको लावा मिठाई सबै व्रतालु महिलाको श्रीमानको घरबाट आउने र दिनहुँ चढाएर निष्ठाका साथ पूजा गर्ने चलन छ।

पूजामा थोरै फूलले पुग्दैन । धेरै फूल चाहिन्छ। पूजाको सामग्रीसँगै जति दिनसम्म पूजा हुन्छ, त्यति वटा पानको ठूल्ठूला पात श्रीमानको घरबाट पठाइएको हुन्छ । पूजा गर्ने स्थानमा मानको सबै पात ‌ओछ्याई दिनहुँ पूजा समापन गर्ने बेलामा फूल छर्कने चलनले यो पूजाको छुट्टै महत्त्व विशेषता झल्काउँदै आएको व्रतालु महिला सुनिता देवले बताइन्।

अध्ययन गर्ने रोजगारी गर्ने महिलालाई पन्ध्र दिनसम्म यो पूजा गर्न समस्या भए पनि पूजामा पन्ध्र दिनसम्म भनिने कथा र गीतमा मौलिकता भएको अर्की व्रतालु चाँदनी झा बताउँछिन् । उनी भन्छिन्, ‘यसले हामीलाई  दाम्पत्य जीवन सहज र सरल तरिकाले निर्वाह गर्न प्रेरणा दिनेमा विश्वस्त छु।’

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ०४ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

आज २०८३ साल जेठ १३ गते बुधबारको राशिफल

काठमाडौं -२०८३ साल १३ गते बुधबार अधिक जेठ शुक्ल पक्षको

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल