मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन « Khabarhub

मुलपानी रंगशालाको निर्माण कार्य युद्धस्तरमा गर्न मन्त्री गहतराजको निर्देशन


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधीन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । सोमबार बिहान मुलपानी पुगेका मन्त्री गहतराजले निर्माणाधीन रंगशालाको निर्माण कार्य युद्ध स्तरमा अघि बढाउन निर्देशन दिएका हुन् ।

आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री गहतराजले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्रीले खेलकुदलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेल प्रेमीको इमानदार प्रयासको आवश्यकता रहेको बताए ।

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री गहतराजले अभ्यासरत खेलाडीहरूसँग भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ५० बजे

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन