कलाकारितामै सीमित निश्चल « Khabarhub

कलाकारितामै सीमित निश्चल


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निश्चल बस्नेत निर्देशकहरूको सेलिब्रेटी मानिन्थे। किनकि उनले निर्देशनमा डेब्यु गरेको फिल्म ‘लूट’ ले इतिहास नै रच्न सफल भएको थियो । त्यसपछि निर्देशककै रूपमा समेत निश्चलले जस्तो चर्चा कसैले पाएका छैनन् । तर दर्शकले उनलाई सर्वाधिक रुचाएको विधा निर्देशक बाहेक अन्य विधामा सक्रिय भएको पाइरहेका छन् । उनले अभिनय , गायनलाई निरन्तरता दिइरहेका छन् ।

उनले केही समय अगाडीसम्म आइटम डान्समा समेत आफूलाई सक्रिय बनाइरहेका थिए । यद्यपि अहिले त्यो क्रम देखिएको छैन । उनले अभिनय गर्ने भनिएको ‘प्रसाद २’ बाट अलग भइसकेका छन् । त्यसबाहेक उनको अभिनय रहने फिल्मको बारेमा केही जानकारी आएको छैन । उनले अभिनय गरिसकेको फिल्म ‘द सेक्रेट अफ राधा’ को पत्रकार सम्मेलनमा आफू फिल्मबाट अलग हुनुको कारण बारे बताएनन् ।

‘केही ठुलै कारण हो’ उनले त्यसबारे बोल्न चाहेनन् । निश्चलले निर्देशनमा ब्रेक लगाउनुको कारण बारे पनि खासै बताएनन् । यद्यपि उनी छिटै निर्देशनमा आउन सक्ने संकेत गरे । उनले ‘जिन्दाबाद’ नामक फिल्म निर्देशन गर्ने चर्चा चलेको लामो समय भएता पनि त्यसबारे अझैँ औपचारिक रूपमा केही भनिएको छैन । यसै बीच उनले खगेन्द्र लामिछानेसँग एक फिल्ममा सहकार्य गर्दै छन् ।

उनले निर्देशन गरेको दोस्रो फिल्म ‘टल्क जंग भर्सेस टुल्के’ को सिक्वेल बनाउने चर्चा पनि फिल्म उद्योगमा छ । यद्यपि यसबारे उनीहरू जानकारी दिन तयार छैनन् । निर्देशकको रूपमा स्थापित निश्चललाई दर्शकले निर्देशन बाहेकको अन्य विधामा भने देखिरहेका छन् । लूटको सिक्वेलको असफलता पश्चात् उनले निर्देशनमा आफूलाई ल्याउन सकेका छैनन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ३१ बजे

होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

काठमाडौं– नेपालस्थित इजरायली दूतावासले अन्तर्राष्ट्रिय होलोकास्ट स्मृति दिवसका अवसरमा मङ्गलबार

शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै

काठमाडौं– आज अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व  दिवस मनाइँदै छ । संयुक्त

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय