गण्डकी प्रदेशमा बजेट खर्च घट्यो | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा बजेट खर्च घट्यो


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षभन्दा कम बजेट खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षमा ७१ प्रतिशत खर्च गरेको गण्डकीले आर्थिक वर्ष २०७८/०८९ मा ७० प्रतिशत खर्च गरेको हो । ३१ अर्ब ३७ करोड प्रदेशको बजेट मध्ये २२ अर्ब ९ करोड खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालुतर्फ ६०.५४ र पुँजीगत तर्फ ७८.०५ प्रतिशत बजेट खर्च भएको हो ।

सबैभन्दा बढी ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले ८९.६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम अर्थ मन्त्रालयले ४४.१२ प्रतिशत बजेट खर्च गरेको छ । ५ अर्ब ६५ करोड विनियोजन भएको ऊर्जाको ५ अर्ब ६ करोड खर्च देखिन्छ । 

यता अर्थले १८ करोड ५६ लाख बजेट पाएकोमा १० करोड ३७ लाख खर्च गरेको छ । रकमका हिसाबले सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट खर्च भएको छ । ९ अर्ब ६४ करोड बजेट मध्ये ७ अर्ब १४ करोड खर्च भएको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ५६.६५ प्रतिशत, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ७३.८ प्रतिशत, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ७३.६२ प्रतिशत खर्च गरेका छन् ।

कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयले ७२.९७ प्रतिशत, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयले ७५.९ प्रतिशत, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले ६९.७३ प्रतिशत युवा तथा खेलकुद मन्त्रालयले ५६.४८ प्रतिशत र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६९.७३ प्रतिशत बजेट खर्च गर्न सकेको छ ।

सुरुका वर्षहरूमा सरकारले खर्च गर्ने संरचना नभएका कारण धेरै खर्च गर्न नसकेको बताए पनि अहिले सबै जिल्लामा आफ्नै कार्यालयहरू खुलेका छन् । मन्त्रालयका छुट्टाछुट्टै जिल्ला कार्यालय छन् । 

कर्मचारी पहिले भन्दा धेरै आइसकेका छन् । तर बजेट खर्चको दर झनै घटेको छ । प्रदेशको बजेट पनि अधिकांश असारमै खर्च हुने क्रम दोहोरिएको छ । असारमा मात्रै २६ प्रतिशत बजेट खर्च भएको छ । जेठ मसान्त सम्म १३ अर्ब ९७ करोड खर्च भएकोमा असारमा मात्रै ८ अर्ब ११ करोड भुक्तानी गएको देखिन्छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ५८ बजे

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा