कोरोना सङ्क्रमणविरुद्ध सचेतना रहन आग्रह : मास्क अनिवार्य « Khabarhub

कोरोना सङ्क्रमणविरुद्ध सचेतना रहन आग्रह : मास्क अनिवार्य


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– जिल्लाका सबै स्थानीय तह, स्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाइटीलगायतका सरकारी तथा गैरसरकारी सङ्घसंस्थालाई कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना अभिवृद्धि गर्नका लागि आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको दर बढिरहेकाले सो आग्रह गरेको हो ।

बैठकले सङ्क्रमणको शङ्का लागेमा नजिको स्वास्थ्य संस्थामा गई सङ्क्रमण परीक्षण गर्न, बिनाकाममा भीडभाडमा नजान र हिँडडुल गर्दा अनिवार्य मास्क लगाउनसमेत अनुरोध गरेको छ ।

प्रजिअ रिजालले काँकडभिट्टा प्रवेश नाकामा नगरपालिका इडिसीएम, एलओएम र नेपाल रेडक्रसले आपसमा समन्वय गरी कोडिभ–१९ को परीक्षणलाई प्रभावकारी बनाउने निर्णय गरिएको बताए । उनले जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा जिल्लाका सबै स्थानीय तहमा कोरोनाविरुद्धको बुस्टर खोप लगाउन, वर्तमान अस्वस्थाको विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधि, मास्क, परीक्षण किट, भिटीएसलगायत अन्य सामग्रीको मौज्दात व्यवस्थापन गर्न लगाइएको बताएका हुन् ।

बैठकले दुहागढीस्थित निर्माण अन्तिम चरणमा पुगेको होल्डिङ सेन्टरमा कम्तीमा १०० शय्या नेपाली सेनालाई तयारी राख्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ६ : ३७ बजे

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका

काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको

आचारसंहिता विपरीत टिकटक बनाएपछि डाक्टर सुधीर साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

काठमाडौं – नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा

यूएईविरुद्धको टी–२० सिरिजका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं – नेपालले यूएईविरुद्ध हुने दुई खेलको टी–२० सिरिजका लागि