‘पूर्वाधारका काम समन्वय गरेर अगाडि बढाऔँ’ « Khabarhub

‘पूर्वाधारका काम समन्वय गरेर अगाडि बढाऔँ’


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नम्बर १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भन्दै प्रश्न गरेका छन्।

कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा प्रमुख साहले एकपछि अर्को प्रश्न गरेका हुन्।

यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा नम्बर २, ३, ४ र ५ को काम कसरी हुँदैछ ? काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पदाधिकारीलाई उनले प्रश्न गरे।

त्यस्तै विद्युत् प्राधिकरणका पदाधिकारीलाई वडा नम्बर ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, मालीगाउँ, कालोपुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छाडिएको सडक कहिलेसम्ममा पुनःस्थापना हुन्छ भन्ने पुनः प्रश्न गरेका छन्।

बैठकमा सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका पदाधिकारीले बर्खायाममा सडक कालोपत्र गर्न नसकिने बताएका थिए। पाइप तथा बिजुलीका तार बिछ्याउन खनिएका सडक पानी पर्न छाडेपछि कालोपत्र हुने उनीहरुको भनाइ छ।

प्रमुख साहले सहर व्यवस्थापनका लागि आचरण सुधारको खाँचो रहेकामा पनि जोड दिएका छन्। सेवा प्रदायक तथा लाभग्राहीको व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा परिवर्तन आउने उनको भनाइ छ।

प्रमुख साहले भने, “सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहरमैला व्यवस्थापनजस्ता कामका लागि पहिला सफ्टवेयरमा काम गरौँ, त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ।”

बैठकमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तथा प्रतिनिधि सहभागी थिए। त्यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पनि प्रतिनिधित्व थियो।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : १२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार

आज २०८३ साल असार १३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १३ गते शनिबार सन् २०२६