व्यापारीसँग रकम उठाउने दुई जना पक्राउ | Khabarhub Khabarhub

व्यापारीसँग रकम उठाउने दुई जना पक्राउ


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उनीहरूले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिकरूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका छन् ।    

रकम लिएपछि उनीहरूले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए ।

प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर सङ्कलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन् । 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १२ : ३९ बजे

दुई दिन निरन्तर ओरालो नेप्से परिसूचक, सोमबार १५१ वटा कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुने साताको दुई

द्रुत डाँक सेवामार्फत प्रभावकारिता बढाउँदै हुलाक

गण्डकी– चिट्ठीपत्र, खबर र सूचना एक स्थानबाट अर्को स्थानमा पुर्‍याउने

बहुविवाहमा जेल पुगेका एमाले नेता शेर्पा रकम बुझाएर छुटे

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएर डिल्ली बजार जेल चलान

जलवायु परिवर्तनले लाखौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले जलवायु परिवर्तनको कारण

केपी ओलीले ढोका नखोलेपछि प्रचण्ड-माधवसँग मिसिँदै भीम रावल

काठमाडौं- वाम एकताको चर्चा चलिरहेका बेलामा नेताहरू छिन्नभिन्न भएर आफ्नो