रुपन्देहीमा बढ्दै कोभिड संक्रमण « Khabarhub

रुपन्देहीमा बढ्दै कोभिड संक्रमण


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीमा शून्य अवस्थामा झरेको काेराेना संक्रमण पछिल्लो समय निरन्तर बढी रहेको छ । असारको तेस्रो साताबाट यहाँ संक्रमण दर निरन्तर बढिरहेको छ ।

जिल्लामा हाल २४ जना सक्रिय संक्रमित छन् । सोमबार भैरहवास्थित पक्लिहवा कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूमा कोभिडको लक्षण देखिएपछि गरिएको एन्टिजेन परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिकाको स्वास्थ्य शाखा निमित्त प्रमुख गीता पोखरेललाई पनि संक्रमण भएको छ, उनको परिवारमा चेकजाँच गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको छ ।

बेलहियास्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा पनि नौ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । सीमामा देखिएका संक्रमित सबै भारतीय नै हुन् । सक्रिय संक्रमितहरू तिलोत्तमा, सिद्धार्थनगर र बुटवलका रहे पनि सबै होम आइसाेलेसनमा छन् ।

शाहका अनुसार रुपन्देहीमा हाल सम्म २ लाख १३ हजार ७ सय ६२ जनामा गरिएको परीक्षणबाट ३८ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये नौ सय ५४  जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक शाहले जानकारी दिए  ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : २४ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी