अवैध लागूऔषधसहित १३ जना पक्राउ « Khabarhub

अवैध लागूऔषधसहित १३ जना पक्राउ


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, कैलाली, धादिङ, उदयपुर, कास्की, बर्दिया र पर्साबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ बाट अवैध लागूऔषधसहित एक जना आइतबार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत मोतिहारी बिजबानी–९ पिएस जितना बिजबानी पूर्वी चम्पारण बिहार बस्ने १९ वर्षीय प्रभु राम छन् । उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध डाइजेपाम ३ सय ८९ एम्पुल, फेनारगन ३ सय ६९ एम्पुलनुफिन ३ सय ९० एम्पुल बरामद गरेको छ । 

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज २८७९ नम्बरको टाटा सुमोलाई इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी  उनलाई पक्राउ गरिएको हो ।

कैलालीको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँबाट १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित एक जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–१० बस्ने २५ वर्षीय वसन्त डगौरा रहेका छन् । 

धादिङको गजुरी गाउँपालिका–६ मिलनटारबाट सोही गाउँपालिका–८ बस्ने ४० वर्षीय होम बहादुर तामाङलाई ४ किलोग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ । गजुरी गाउँपालिका–६ गौरीभञ्ज्याङबाट सोही गाउँपालिका–८ पर्बाङ बस्ने २८ वर्षीय तुलाराम तामाङलाई ४ किलोग्राम गाँजासहित सोमबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय गजुरी र अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना चोकबाट ४ किलो ३ सय ग्राम गाँजासहित बेलका नगरपालिका–६ बस्ने ३५ वर्षीय बिनेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

रामपुरबाट फतेपुरतर्फ जाँदै गरेको स.३ प ३६०३ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका–१७ विरौटाबाट करिब ६ सय ग्राम गाँजा सहित स्याङ्जा पुतलीबजार नगरपालिका–४ बस्ने २० वर्षीय सन्दिप थापा लगायत २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ग.१० प २२२४ नम्बरको स्कुटरलाई प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरिएको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट ३ ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित बाँसगढी नगरपालिका–३ बस्ने २६ वर्षीय उमेश खत्री लगायत ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद १० हजार १ सय २० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैयाबाट करिब १ किलोग्राम चरेशसहित सोही स्थान बस्ने ६५ वर्षीया सुनैना साह लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

सिमा प्रहरी चौकी छप्कैया र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सुनैना साहको घरको ट्वाईलेटको ट्याङ्कीमा लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

 

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ४ : ५४ बजे

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा

महिला सशक्त भए राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद

अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी

नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको