साइप्रसका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि « Khabarhub

साइप्रसका राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निकोज्या– साइप्रसका राष्ट्रपति निकोस अनास्तासिडेस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सरकारका प्रवक्ता मारियोस पेलेकानोसले मङ्गलबार राष्ट्रपति सङ्क्रमित भएको पुष्टि जनाएका हुन् ।

नियमित स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको उनले जानकारी दिए । अहिले ७५ वर्ष भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रवक्ता पेलेकानोसले बताए ।

उनले अहिले कोरोना भाइरससम्बन्धी मापदण्ड पालना गरिरहेको र केही समय बाहिर ननिस्कने पनि प्रवक्ता पेलेकानोसले स्पष्ट पारे ।

साइप्रसमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ भने धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् ।

महामारी थप फैलिन नदिन स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन सरकारले आग्रह गर्दै आएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : ४० बजे

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका