नेकपाकालीन प्रस्तावबारे वामदेवले हाँसेर टारे, नेपाल चुप लाग्दा झलनाथको जवाफ- सिंगै राष्ट्र एक बनाउने ! « Khabarhub

नेकपाकालीन प्रस्तावबारे वामदेवले हाँसेर टारे, नेपाल चुप लाग्दा झलनाथको जवाफ- सिंगै राष्ट्र एक बनाउने !


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालका बहुमत सचिवालय सदस्य मंगलबार दिउँसो सिंहदरबारमा भेला भए । असार १९ गते अहिले नेकपा एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेका तत्कालीन नेकपाका सचिवालय सदस्य वामदेव गौतमको पहलमा बैठक बसेको थियो । जसको निरन्तर्ता आजको बैठक भएको नेताहरुले बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुनै लाग्दा गठबन्धनमा रहेका दुई दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका साथमा वामदेव गौतम छलफलमा जुटेका हुन् ।

छलफलमा आगामी निर्वाचन, सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल एव‌ं नेकपा कालको एक दल एमालेका पछिल्ला निर्णयहरुबारे छलफल भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकपछि सबैभन्दा पहिला वामदेव गौतम, माधवकुमार नेपाल र झलनाथ खनाल बाहिरिएका थिए । बाहिरिने क्रममा रहेका नेताहरुलाई सञ्चारकर्मीले बैठकका बारेमा प्रश्न राखे । अगाडि रहेका वामदेवले नारायणकाजीले बोल्नु हुन्छ भन्दै टार्न खोजे । माधव नेपाल र झलनाथ खनाल केही बोलेनन् ।

लिफ्ट खुल्नु अघि वामदेवलाई पत्रकारले फेरि प्रश्न गरे, ‘ वामदेव काम्रेणले केही प्रस्ताव राख्नु भएको हो नेकपाकालीन?’ तर उनले जवाफ दिएनन् । हात हल्लाउँदै हास्दै बसे ।

लिफ्ट खुलेसँगै गौतम, नेपाल र खनाल प्रवेश गरे । पत्रकारले प्रश्न गरे वामपन्थी दलहरुबीचको एकताबारे । जवाफ झलनाथले दिए । भने. ‘ सिंगै राष्ट्रलाई एक बनाउने ।’

त्यसपछि प्रचण्ड आइपुगे । उनले बैठकबारे जानकारी दिए । ‘बसेको थाहा भइहाल्यो नेकपा कालका सचिवालयका बहुमत सदस्य । पहिला पनि बसेका थियौं’ उनले भने, ‘गठबन्धनलाई कामय राखेर अघि जानु पर्छ भन्नेमा विमति छैन । स्थानीय तहको निर्वाचनको परिणामलाई समेत ध्यान दिएर गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने बारे छलफल भयो । ‘

उनले अगाडि भने, ‘नेकपा एउटै पार्टी भयौं हिजोका सचिवालयका बहुमत हौं हामी । विचार मिल्नेकाबीचमा एकताको सम्भावनाबारे छलफल गरिरहेका छौं, त्यो भनेको गठबन्धनको विरुद्ध भनेको होइन ।’ भारत भ्रमणबारे सोधिएको प्रश्नमा भने उनले जवाफ दिएनन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ९ : २७ बजे

प्रदीप पौडेलले भने : सर्वोच्चको फैसला स्वीकार्दै कांग्रेसको एकता जोगाऊँ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च

कांग्रेस विवाद : गगनलाई आधिकारीकता दिने सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुनसम्मत ठहर

सर्वोच्चको फैसला : गगन थापा नेतृत्वको कांग्रेस नै आधिकारिक, देउवा पक्षको रिट खारेज

काठमाडौं – सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा