यात्रुले छुटाएको मोबाइल, नगद र सामान चालकले गरिदिए फिर्ता « Khabarhub

यात्रुले छुटाएको मोबाइल, नगद र सामान चालकले गरिदिए फिर्ता


३ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्पताल जाँदै गरेका एक यात्रुले गाडीमा छुटाएको झोलासहितको सामान चालकले सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिएका छन् ।

सोमवार बा २ ज २१५१ नम्बरको गाडीमा बालकुमारीदेखि ग्वार्कोसम्म जाँदा यात्रुले झोलासहित  मोबाइल फोन, ७५० अमेरिकी डलर, पासपोर्ट लगायत अन्य सामानहरू गाडीमा नै छुटाएका थिए ।

ती सामानसहितको झोला भेट्याएपछि चालक मानबहादुर पुलामीले उक्त सामान काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुझाएका थिए । प्रहरीले उक्त सामान सम्बन्धित धनीको पहिचान गरी उनैलाई बुझाएको हो ।

ती सामानहरू ललितपुरको बालकुमारी बस्ने प्रवीण आचार्यको भएको र उनलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १० : ०७ बजे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने