कतारका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

कतारका लागि नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालले यहाँको परराष्ट्र राज्यमन्त्रीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी समक्ष यहाँको परराष्ट्र मन्त्रालयमा मंगलबार आयोजित एक विशेष समारोहमा राजदूत ढकालले ओहोदाको प्रमाणपत्र पेश गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ।

तत्पश्चात उनीहरुबीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटमा परराष्ट्र राज्यमन्त्री मुरैखीले नवनियुक्त राजदूत ढकाललाई कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

राज्यमन्त्री मुरैखीले कतार र नेपालबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन विभिन्न क्षेत्रमा सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

राजदूत डा. ढकालले गत जुलाई ७ तारिख बुधबारबाट नेपाली दूतावास दोहामा कार्यभार सम्हालेका थिए । यसअघि केपी ओली सरकारले कतारका लागि नियुक्त गरेका राजदूत नारदनाथ भारद्वाज वाग्लेलाई कार्यकाल पूरा नहुँदै फिर्ता बोलाएर देउवा सरकारले ढकाललाई जिम्मेवारी दिएको हो।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै