सवारी जरिवानाबाट म्याग्दीमा ६४ लाख राजस्व संकलन | Khabarhub Khabarhub

सवारी जरिवानाबाट म्याग्दीमा ६४ लाख राजस्व संकलन


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लामा आर्थिक वर्ष २०७८-७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ६३ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ ।

प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार एक हजार ९५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा रु १४ लाख ४३ हजार, एक हजार ३४४ ट्र्याक्टर चालकबाट रु आठ लाख ९९ हजार, चार हजार ४३६ जिप-कार चालकबाट रु २९ लाख ६२ हजार, ५३६ बस चालकबाट रु तीन लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट रु सात लाख ६२ हजार जरिवाना असुली भएको छ ।

सबैभन्दा बढी वैशाखमा एक हजार २५० सवारीसाधनका चालकलाई कारबाही गर्दा रु नौ लाख १५ हजार जरिवाना असुली भएको नेपालीले जानकारी दिए । आव २०७७-७८ मा चार हजार ८५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ३० लाख ७३ हजार राजस्व सङ्कलन भएको थियो । आव २०७६-७७ मा तीन हजार ६०० सवारीसाधनका चालकलाई कारबाही गरेर रु २२ लाख १९ हजार, २०७५-७६ मा ६ हजार २०० सवारीसाधनका चालकबाट रु ४१ लाख ९३ हजार तथा आव २०७४-७५ मा आठ हजार ४०० सवारीसाधनका चालकबाट रु ५७ लाख ६६ हजार राजस्व सङ्कलन गरिएको नेपालीले बताए।

गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । नौ जना गम्भीर र नौ सामान्य घाइते भएका थिए। प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ११ बजे

जब सृष्टिले कोट्याइन् नाजिरको ‘टिन्डर’ किस्सा…

काठमाडौं – ललितपुरको कुपण्डोलस्थित एक हलमा बुधबार एक कार्यक्रमको आयोजना

रातो कार्डले निलम्बित रेखाको स्थानमा खेल्दैछिन् सरु

काठमाडौं- साफ महिला च्याम्पियनसिपको फाइनलखेलमा नेपालले बंगलादेशविरुद्ध अहिले खेलिरहेको छ

सालको पात बेचेर खर्च जुटाउँदै महिला

धरान – इटहरी उपमहानगरपालिका– ६ की चन्द्रकुमारी घिमिरे सालको पात

दशरथ रंगशालामा नेपाली समर्थकको उत्साह (तस्बिरहरू)

काठमाडौं- साफ महिला च्याम्पियनसिपको बुधबार साँझ सुरु नेपाल र बंगलादेशबीचको

जनसचेतन साकोसको कुल पुँजी २ अर्ब ५४ करोड नाघ्यो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत