‘किसानलाई राहत दिनुपर्‍यो’ « Khabarhub

‘किसानलाई राहत दिनुपर्‍यो’


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद अनिल कुमार झाले मधेसका किसानलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘जुन समस्या अहिले मधेसका किसानले भोगेको छन्, त्यसबाट छुटकारा पाउन राहतको व्यवस्था गर्न म सरकारलाई अनुरोध गर्दछु,’ सांसद झाले भने ।

अहिले तराईको सबै जिल्लामा किसानले धान लगाइसक्नु पथ्र्यो, तर पानीका अभावका कारण रोप्न नपाएको उनले जनाए ।‘नेपाल सरकारको डाटा अनुसार आधाभन्दा बढी धान रोप्ने काम बाँकी छ । रोपेको धान पनि सुक्न लागेको छ,’ उनले भने ।

मधेसका किसान मात्र नभएर अहिले देशभरिकै किसान पीडित बनेको उनले जनाए । यसबारे समयमै सोच्न जरुरी रहेको उनले बताए ।

‘छिमेकका किसानहरुले आत्महत्या गरेको सुनेका छौँ, हाम्रोमा यस्तो नहोस्,’ सांसद झाले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ४७ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र