‘किसानलाई राहत दिनुपर्‍यो’ « Khabarhub

‘किसानलाई राहत दिनुपर्‍यो’


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सांसद अनिल कुमार झाले मधेसका किसानलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

‘जुन समस्या अहिले मधेसका किसानले भोगेको छन्, त्यसबाट छुटकारा पाउन राहतको व्यवस्था गर्न म सरकारलाई अनुरोध गर्दछु,’ सांसद झाले भने ।

अहिले तराईको सबै जिल्लामा किसानले धान लगाइसक्नु पथ्र्यो, तर पानीका अभावका कारण रोप्न नपाएको उनले जनाए ।‘नेपाल सरकारको डाटा अनुसार आधाभन्दा बढी धान रोप्ने काम बाँकी छ । रोपेको धान पनि सुक्न लागेको छ,’ उनले भने ।

मधेसका किसान मात्र नभएर अहिले देशभरिकै किसान पीडित बनेको उनले जनाए । यसबारे समयमै सोच्न जरुरी रहेको उनले बताए ।

‘छिमेकका किसानहरुले आत्महत्या गरेको सुनेका छौँ, हाम्रोमा यस्तो नहोस्,’ सांसद झाले भने ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ४७ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत