बागलुङमा ७५ प्रतिशत विकास बजेट खर्च | Khabarhub Khabarhub

बागलुङमा ७५ प्रतिशत विकास बजेट खर्च


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा गत आर्थिक वर्षमा ७५.२५ प्रतिशत विकास बजेट खर्च भएको छ । बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा संघीय तथा प्रदेश कार्यालयबाट प्राप्त तीन अर्ब ६४ करोड १५ लाख १९ हजार ५०० बजेटमध्ये ७५.२५ प्रतिशत खर्च भएको छ भने ९० करोड १३ लाख ५४ हजार ७१७ रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रणको कार्यालयका प्रमुख कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए । 

कार्यालयले स्थानीय तहमा सोझै आएको बजेटबाहेक संघीय सरकारको, प्रदेश सरकारको र स्थानीय तहमा आएको ससर्त र समपूरक बजेटको अनुगमन र लेखापरीक्षण गर्दै आएको छ ।  गत आर्थिक वर्षमा संघीय सरकारबाट बागलुङमा पूँजीगततर्फ एक अर्ब ५४ करोड २६ लाख ९२ हजार ५०० बजेट प्राप्त भएकामा जम्मा ५८.२५ प्रतिशत मात्रै  अर्थात् ८९ करोड ८५ लाख  ७४ हजार १६४ मात्रै खर्च भएको छ भने ६४ करोड ४१ लाख १८ हजार ३३६ बजेट फ्रिज भएको छ ।

यस्तै गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा विनियोजन गरेको पूँजीगततर्फ  दुई अर्ब नौ करोड ८८ लाख २७ हजार बजेटमध्ये जम्मा ८७.७४ प्रतिशत मात्रै अर्थात् एक अर्ब ८४ करोड १५ लाख ९० हजार ६१९ बजेट खर्च भएको छ भने २५ करोड ७२ लाख ३६ हजार ३८१ रकम फ्रिज भएको छ । 

संघीय सरकारका ५० वटा कार्यालय, १० स्थानीय तह र प्रदेशका १८ कार्यालयअन्तर्गत चालु र पूँजीगत गरी बागलुङमा ११ अर्ब ८२ करोड ७१ लाख ३३ हजार ८८८ बजेटमध्ये ८८.५४ प्रतिशत अर्थात् रु १० अर्ब ४७ करोड १६ लाख ६४ हजार ३७२ रकम खर्च भएको छ । त्यस्तै एक अर्ब ३५ करोड ५४ लाख ६९ हजार ५१६ रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 

‘असारमा मात्रै पुँजीगततर्फको सङ्घीय र प्रदेश बजेटमा ३४.२८ प्रतिशत बजेट खर्च भएको छ, तर कतिपय बजेट असारको अन्तिममा रकमान्तर गरेर आउने, अख्तियारी समयमै नआउने जस्ता कारणले काम पहिले भए पनि भुक्तानी असारमा भएकाले धेरै रकम असारमा खर्च भएको देखिन्छ,’ प्रमुख कोष नियन्त्रक बस्यालले भने, ‘असारे विकासको प्रवृत्ति दोहोरिएको छ, संघीय सरकारको गत आर्थिक वर्षमा १९.५० प्रतिशतले घटेको छ तर जम्मा बजेट खर्च एक प्रतिशतले मात्रै घटेको पाइएको हो ।’

जिल्लामा कतिपय चालु खर्च मात्रै गर्ने कार्यालय भएको र कतिपय विकासे बजेट अत्यधिक खर्च गर्ने कार्यालय भएकाले खर्चका आधारमा कार्यालयको प्रगतिलाई आधार मान्न नहुने कोष तथा लेखा नियन्त्रक तथा सूचना अधिकारी जब्बरबहादुर भण्डारीले जानकारी दिए । 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १२ : ५३ बजे

ओलीलाई जवाफ फर्काउँदै बालेनले भने : भ्रष्ट सिस्टमलाई समर्थन गर्दिनँ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी

अचार बेचेरै मासिक ६० हजार कमाइ

कैलाली – यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा

‘साम्बा चोक’ नामाकरणपछि सावित्राले भनिन् : यो भन्दा ठूलो सम्मान के नै हुन्छ र ?

काठमाडौं – मर्स्याङ्दी गाउँपालिकाले आफ्नो नाममा चोकको नामाकरण गरेपछि नेपाली

पर्यटनमन्त्री पाण्डेले गरे हजयात्रीलाई बिदाइ

काठमाडौं — इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र

न्यूयोर्कमा मनाइयो ‘नेपाल उत्सव’

अमेरिका – न्यूयोर्कमा रहेका नेपाली समुदायले आइतबार नेपाल उत्सब (नेपाल