हेल्थ डेस्कमा कर्मचारी अभाव « Khabarhub

हेल्थ डेस्कमा कर्मचारी अभाव


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा कर्मचारीको अभाव भएको छ । भारतबाट फर्कने यात्रुहरूको बढ्दो चापको तुलनामा थोरै मात्र कर्मचारी कार्यरत रहेका छन् । हेल्थ डेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक भारतबाट चारदेखि पाँच सय यात्रु सीमा नाका प्रवेश गर्ने गरेका छन् । डेस्कमा हाल १० जना कर्मचारी मात्रै कार्यरत रहेको उनले बताए । यसअघि १२ जना कर्मचारी कार्यरत रहेका थिए । ‘चारजना कर्मचारी थप माग गरेका छौँ’, भट्टले भने, ‘अहिलेसम्म कर्मचारीको व्यवस्था गरिएको छैन ।’ थोरै जनशक्ति परिचालन गरी कार्य गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

भारतबाट फर्कने यात्रुहरूको एन्टिजेन परीक्षणको कार्य भइरहेको उनले बताए । एक सातामै १० जना भारतबाट फर्केका यात्रुहरुको एन्टिजेन परीक्षणको नतिजा पोजेटिभ आएको छ । ‘हिजो मात्रै सात जनाको नतिजा पोजेटिभ आयो,’ उनले भने , ‘त्यसअघि तीन जनाको नतिजा पोजेटिभ आएको थियो ।’ उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबैमा आग्रह गरेका छन्

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ३४ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रमेश लेखकले भने : जेन-जी आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको थिइनँ, घटनाको नैतिक जिम्मेवारी लिन्छु

काठमाडौं- तत्कालीन गृहमन्त्री रमेश लेखक जेन-जी आन्दोलनका क्रममा भएको घटना

यस्तो छ रमेश लेखकले आयोगमा दिएको ६ पृष्ठको लिखित बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र