राष्ट्रियसभा बैठक : कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक : कानुन कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा सदस्य प्रकाश पन्तले संसद्बाट बनेका कानुन कति कार्यान्वयन भए भनेर त्यसको अनुगमन गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उनले कानुनको कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै बनेका कानुन सम्बन्धित निकायले परीक्षण गर्नुपर्छ भनेका हुन् ।

अर्का सदस्य राधेश्याम पासवानले समावेशी समानुपातिक सिद्धान्त संविधानमा व्यवस्था गरिएको भए पनि यसको सबै स्थानमा कार्यान्वयन हुन नसकेको गुनासो गरे । राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले सुशासनका लागि राजनीतिक स्थिरताको खाँचो औँल्याएका थिए । सदस्य उदयबहादुर बोहराले कृषि प्रधान देश नेपालले केही दशक अगाडि खाद्य वस्तु निर्यात गर्ने गरेकामा अहिले अधिकांश वस्तु आयात गर्नुपर्ने स्थिति दुःखद भएको बताए ।

सदस्य विमला राईले बजेट निर्माणका विषयमा   निष्पक्ष छानबिन हुनुपर्ने बताइन् । सदस्य महेश महराले अर्थतन्त्रमा सङ्कुचन आइरहेको बेला विशिष्ट व्यक्ति तथा उच्च तहका कर्मचारीहरूको सरकारी सुविधा कटौती गर्न माग गरे ।

बैठकको  शून्य समयमा सदस्य नरबहादुर विष्ट काठमाडौँ महानगरपालिकाको फुटपाथका व्यापारीलाई करको दायरामा ल्याएर व्यवसाय गर्न दिनुपर्ने विचार व्यक्त गरे । बैठकको शून्य समयमा सदस्यहरू भुवनबहादुर सुनार, सुरेशकुमार आले मगर लगायतले बेरुजुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका थिए।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ४४ बजे

दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं– विराटनगर महानगरपालिका–१५ बाट  दुई सय ६२ किलो ५८० ग्राम

सुक्खा पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक सुक्खा पहिरोका कारण

रास्वपा छाड्दै सुमनाले भनिन्- गल्तीमाथि गल्ती गर्दै जानेलाई सधैं बोक्न सकिँदैन

काठमाडौं–  पूर्वशिक्षामन्त्री समेत रहेकी सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

सात सय ३० राउण्ड गोलीसहित आठ जना पक्राउ

काठमाडौं– बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोलीसहित ८

सरकारले युवाको भावना समेटेर अगाडि बढ्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आठ मार्चमा गरेको जेन-जीको