भारतबाट नेपाल भित्रिने १० प्रतिशतमा कोरोना | Khabarhub Khabarhub

भारतबाट नेपाल भित्रिने १० प्रतिशतमा कोरोना


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफण्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ । 

धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउदका अनुसार पछिल्लो समय भारतबाट आउने मध्ये १० प्रतिशतसम्म मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । पछिल्लो समय भारतबाट गौरीफण्टा नाका हुँदै दैनिक दुई सय ५० जनासम्म मानिस नेपाल भित्रिने गरेकोमा उनीहरूमध्ये १० प्रतिशत सम्मका संक्रमण देखिन थालेको उनले बताए । 

‘एक साता पहिलासम्म कोरोना संक्रमण देखिने क्रम त्यति थिएन्,’ साउदले भने, तर पछिल्लो पाँच दिनयता भारतबाट आउने मध्ये स्वास्थ्य परीक्षण गरिएका ८ देखि १० प्रतिशत नागरिकमा कोरोनाको संक्रमण देखिन थालेको छ, यो क्रम अझै बढ्ने देखिएको छ ।’

भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि त्यसको असर नेपालमा देखिने गरेको उनले बताए । ‘भारतमा कोरोनाको जोखिम बढेपछि नेपालीहरू स्वदेश फिर्ता हुने गरेका देखिन्छन्,’ उनले भने, ‘स्वदेश फर्कने मध्ये केही उतै संक्रमित भएर आउनले गरेका छन् ।’

सीमा नाकामा कोरोना संक्रमण पुष्टि हुने नागरिकको संख्या बढ्न थालेपछि उनीहरूलाई व्यवस्थापन गर्ने व्यवस्था भने नरहेको उनले बताए । धनगढी उप-महानगरपालिकास्थित बेली आइसोलेसन सेन्टरमा कोरोना संक्रमित राख्ने गरिएकोमा संक्रमणको जोखिम नरहेको भन्दै अहिले सो आइसोलेसन सेन्टर बन्द गरिएको छ । जसका कारण सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ भएका नागरिकलाई पनि घर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य बिटका इन्चार्ज साउदले बताए । 

‘रोगको परिक्षण गरिएपछि पोजेटिभ देखिएका नागरिकलाई अरुको सम्पर्कमा जान नदिन आइसोलेसनको व्यवस्था हुनुपर्ने हो,’ साउदले भने, ‘तर अहिले संक्रमितको व्यवस्थापनमा कसैले ध्यान दिएको छैन, जसका कारण कोरोना संक्रमितलाई सिँधै घर पठाउनु पर्ने बाध्यता रहेको छ ।’ 

भारतबाट आउने नागरिकमा कोरोना संक्रमण दर बढेको बारे स्थानीय तहका जनप्रतिनिधि, सुदूरपश्चिम प्रदेश सरकार र रोग निवारण महाशाखा काठमाडौँलाई जानकारी गराइने गरेको उनले बताए । ‘हामीले संक्रमणको अवस्थाका बारेमा सबै निकायलाई रिपोर्ट दिने गरेका छौं,’ उनले भने, ‘तर उनीहरूको व्यवस्थापनका लागि भने कसैले पनि  चासो दिएको पाइदैन, यसले फेरि समाजका कोरोना संक्रण फैलाउने त्रास बढेको छ ।’ 

गौरीफण्टा स्वास्थ्य बिटमा अहिले कोरोना परीक्षणसँगै टिबी, एचआइभी, डेङ्गी, मलेरिया, स्क्रफटाइफस र कालाजारको समेत परीक्षण हुने गरेको छ । तर, भारतबाट आउने सबै नागरिकलाई स्वास्थ्य परीक्षण केन्द्रसम्म पुर्याउन भने समस्या रहेको स्वास्थ्य बिटका इन्चार्ज साउद बताउँछन् । ‘सीमामा रहेका सुरक्षाकर्मीले सबै नागरिकलाई स्वास्थ्य बिट भएको स्थानमा आउने व्यवस्था गरेर सहयोग गर्नुपर्ने हो,’ उनले भने, ‘तर कतिपय सुरक्षाकर्मीलाई समेत छलेर स्वास्थ्य परीक्षणबिनै भित्रिने गरेका छन्, यसका लागि जनशक्ति थप्नु पर्ने देखिन्छ ।’

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ३ : ११ बजे

कम्पनी साझेदारका रूपमा रवि लामिछाने पनि सहकारी ठग हुन् : शंकर पोखरेल

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न

पुलिसले जित्यो काभा भलिबल क्लब च्याम्पियनसिपको उपाधि

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल

एलओडीमा आउँदै अमेरिकन र्‍यापर लिल पम्प

काठमाडौं – अमेरिकन चर्चित र्‍यापर ‘लिल पम्प’ नेपाल आउने भएका

मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानमा व्यवस्था

बालबालिकाका लागि रचनात्मक कार्यमा ध्यान दिन्छौँ चिरीबाबु महर्जन

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बालदिवसलाई लक्षित गरी