पाकिस्तानमा थप ५ सय ९२ जना कोभिड–१९ का नयाँ सङ्क्रमित भेटिए « Khabarhub

पाकिस्तानमा थप ५ सय ९२ जना कोभिड–१९ का नयाँ सङ्क्रमित भेटिए


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार सात सय ९५ पुगेको छ ।

पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चारसय ५२ जनाको मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको हो ।

हाल पाकिस्तानमा एकसय ७४ जना कोरोनाका सक्रिय बिरामी रहेका र उनीहरूको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

यसैबीच, भारतमा बुधबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा देशमा २० हजार पाँचसय ५७ नयाँ बिरामी थपिएका छन् ।

हालसम्म भारतमा चार करोड ३८ लाख तीन हजार छसय १९ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ४५ हजार छ सय ५४ पुगेको छ ।

बितेका २४ घण्टामा ४० जनाको मृत्यु भएको छ । महामारी शुरू भएयता भारतमा पाँच लाख २५ हजार आठसय २५ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ११ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।

दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती

जनकपुरधाम– दुधमति खोलाको पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी लाई सास्ती पुगेको

कांग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं– नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव

लघुवित्त पीडित आज पनि धर्नामा (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितहरूले आज बुधबार दोस्रो दिन पनि काठमाडौंको माइतीघरमा

कप्तानगञ्ज तनाव साम्य बन्दै, छानबिन टोली घटनास्थलमा

काठमाडौं– सुनसरीको कप्तानगञ्ज क्षेत्रमा आइतबार रातिदेखि उत्पन्न भएको तनाव अहिले साम्य