गठबन्धन टुट्दैन : प्रवक्ता महत « Khabarhub

गठबन्धन टुट्दैन : प्रवक्ता महत


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज  आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।’ स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनकरुपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए । उनले भने, ‘मलाई विश्वास छ । यो गठबन्धन टुट्दैन ।’ शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उनको भनाइ थियो ।

तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्क्तिको भावनाअनुसार हुने उनले बताए । फरक प्रसङ्गमा उनले सरकारले अहिले देश विकास, स्थायित्व र जनआकांक्षाअनुसार काम गरेको बताए । उनले भने, ‘सरकारमा रहेर देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गएको छ ।’ विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उहाँले त्यसको सामना गर्दै अघि बढेको बताए ।

पत्रकार सम्मेलनमा उनले भ्रातृसङ्गठनले यही साउन महिनाभित्र पूर्णता पाउने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : ४५ बजे

अमेरिका-इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती

एजेन्सी– अमेरिकाले ‘स्ट्रेट अफ हर्मुज’ मा व्यावसायिक कार्गो जहाजमाथि इरानले

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना