भारतद्वारा अफगानिस्तानलाई थप ६ टन चिकित्सकीय सहायता प्रदान « Khabarhub

भारतद्वारा अफगानिस्तानलाई थप ६ टन चिकित्सकीय सहायता प्रदान


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले अफगानिस्तानलाई थप ६ टन बराबरको चिकित्सकीय सहायता उपलब्ध गराएको छ । भारतले अफगानिस्तानतर्फ सातौँ चरणको सहायता आपूर्ति गरेको हो ।

सातौँ चरणसम्म आइपुग्दा भारतले हालसम्म २० टन बराबरको सहायता उपलब्ध गराइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

काबुलस्थित इन्दिरा गान्धी अस्पतालमा अफगानिस्तानलाई सहायता हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

‘अफगान जनतालाई सहायता प्रदान गर्न संयुक्त राष्ट्रसंघले जारी गरेको अपिललाई मध्यनजर गर्दै भारतले सात चरणमा गरी हालसम्म २० टन सहायता उपलब्ध गराएको छ ।’ भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतद्वारा प्रदान सहायतामा अत्यावश्यक औषधि, क्षयरोगविरुद्धको औषधि ५ लाख डोज कोभिड खोप लगायत समेत रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : १४ बजे

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ

कांग्रेसको संशोधित विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय

काठमाडौँ– नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । पार्टीको

तीन दिनसम्म वर्षाको सम्भावना, लगातार झरी नपर्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले तीन दिनसम्म वर्षाको सम्भावना