‘प्रतिनिधि र प्रदेश निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौँ’ « Khabarhub

‘प्रतिनिधि र प्रदेश निर्वाचनमा बहुमतको लक्ष्य लिएका छौँ’


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने लक्ष्य रहेको बताएका छन्।

उपसभामुख खड्काले आज हेटौँडामा आयोजित जनप्रतिनिधि सम्मान कार्यक्रममा  पार्टीको मूलभूत एजेन्डा पूरा गर्न पनि बहुमत आवश्यक रहेको बताए। उनले कांग्रेसले चाहेर मात्रै गठबन्धन नभएको बताउँदै दुई तिहाइ बहुमत पाएको नेकपाको जनविरोधी काम, मनलाग्दी र ज्यादतीको अन्त्य गर्न गठबन्धन गरेको बताए। उनले भने, “संविधान र लोकतन्त्र विरोधी गतिविधिले गठबन्धन निर्माण भएको हो ।”

कार्यक्रममा कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनाले स्थानीय तहमा प्राप्त नतिजाको आधारमा अझै मिहेनत गरेर आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अझै राम्रो गर्न आ–आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्नेमा जोड दिए।

सो अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनोट क्रियाशील सदस्यबाटै गर्ने व्यवस्था मिलाउन आग्रह गरे। उनले टिकट वितरणको विषयमा पार्टीभित्र विवाद देखिँदा घात अन्तर्गघात बढेको बताउनुहुँदै आगामी निर्वाचनमा क्रियाशील सदस्यबाटै उम्मेदवार छनोट गर्न जरुरी रहेको बताए।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ४७ बजे

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो  (तस्बिरहरू) 

काठमाडौं– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने

रेशम चौधरीको चेतावनी : ‘म रोकिए भने शीर्ष नेताले पनि चुनाव लड्न पाउँदैनन्’

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूलाई आगामी

जेन-जी आन्दोलन : साहाराविहीन भयो सहिद थापाको परिवार

काठमाडौं– गत भदौ २४ गते बिहान १० बजेतिर धनगढीमा रहेकी

डा.कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल अस्पताल सञ्चालनमा 

काठमाडौं– वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको नेतृत्वमा बनाइएको बहुविशिष्ट बाल

समानुपातिक सूची बुझाउँदै गर्दा रवि र कुलमानलाई सुधनले वार्तामा बसाए

काठमाडौं- फागुन २१ गतेको निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने