वर्षाले मधेसमा राहत « Khabarhub

वर्षाले मधेसमा राहत


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहित मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् ।

पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी परेको हो । “धान अब के होला भनेर आश मारेका थियौँ, आजको वर्षाले फेरि आश जगायो”, बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महताले भने, “अब केही दिन पानीले साथ दिए रोपाइँ सकिन्छ र रोपो पनि फिर्छ ।” आजकै वर्षाले रोपाइँका लागि पर्याप्त पानी नपुगेको भए पनि यसअघि रोपिएको धानलाई भने अमृत नै भएको महोत्तरीका किसानको भनाइ छ । केही बेरकै भए पनि आजको वर्षा मधेसका सबैजसो जिल्लामा भएको छ ।

आजको वर्षाले चर्को घामको रापबाट राहत भएको छ । लगातारको प्रचण्ड रापले चरण क्षेत्रमा सुकेका घाँस अब पलाउने र गाईबस्तु चराउन पाइने पशुपालक किसानले आश सँगालेका छन् ।

यसैबीच मौसमविद्ले अब दुई तीन दिन राम्रो वर्षा भइरहने बताएपछि किसान मख्ख छन् । महोत्तरीमा हालसम्म पानीको अभावले धान रोपाइँ गतिमा बढ्न सकेको छैन ।

कूल ७० हजार खेतीयोग्य जग्गामध्ये ५० हजार हेक्टरमा गरिने धानखेती अहिलेसम्म ४५ प्रतिशतमात्र रोपाइँ हुन सकेको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले नै जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जग्गामा १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीको भरमै हुँदै आएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : १० बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी