सुदूरपश्चिममा झण्डै ६६ प्रतिशत बजेट खर्च | Khabarhub Khabarhub

सुदूरपश्चिममा झण्डै ६६ प्रतिशत बजेट खर्च


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । आर्थिक मामिला मन्त्रालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खर्च रकममध्ये चालुतर्फ रु नौ अर्ब एक करोड ६४ लाख ४० हजार (७१ दशमलव ७१ प्रतिशत) र पुँजीगततर्फ रु ११ अर्ब ९४ करोड ९७ लाख ५२ हजार (६४ दशमलव २३ प्रतिशत) रहेको छ ।

गत आर्थिक वर्षको ११ महिनामा कूल बजेटको ४० दशमलव ४४ प्रतिशत खर्च हुनसकेको बजेट वर्षको अन्तिम महिना असारमा मात्रै २६ दशमलव ३१ प्रतिशत खर्च भएको थियो । आव २०७८/७९ मा प्रदेश सरकारको विनियोजित बजेट रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको रहेको थियो ।

योमध्ये चालुतर्फ रु १२ अर्ब ३८ करोड ५४ लाख तीन हजार, पुँजीगततर्फ रु १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ३० करोड विनियोजन गरिएको थियो । पत्रकार सम्मलेनमा आर्थिक मामिलामन्त्री प्रकाश रावलले चालु आवको बजेट तयार गर्दा केही प्राविधिक कमी कमजोरीबाहेक कुनै गलत काम नभएको जिकिर गरे।

प्रदेश सरकारले वित्तीय अनुशासन कायम नगरी विचौलियाको प्रभावमा परेर बजेट ल्याएको, बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको योजनाको बाँडफाँट असमान ढङ्गले भएकोजस्ता गुनासो प्रदेश सदस्यले उठाएपछि सरकारलाई बजेट पारित गर्न सकस भएको थियो । प्रतिपक्षीसँग लिखित सहमतिपछि असार २९ गते मात्र बजेट पारित भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : ५२ बजे

मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठूलो जाँतो !

लेटाङ, मोरङ — आधुनिक प्रविधिको विकाससँगै मानिसले दैनिक प्रयोग गर्न

रास्वपालाई कांग्रेसको जवाफ- भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई

बाँकेको खजुराबाट ४ लाख बढीको धनमाल चोरी

बाँके– खजुरा गाउँपालिका-७ गुनाहाना बस्ने ३२ वर्षीया फातिमा खातुनको घरबाट नगद

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

बारा– कोल्हवी नगरपालिका-५ रामवनटोल बस्ने रत्न बहादुर तामाङको छोरा तीन वर्षीय युवान

सन्तोषनारायणको निवेदन खारेज, अनलाइनले समाचार हटाउनु नपर्ने

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपालखबर डटकम र बिजमान्डु डटकमले प्रकाशित