कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न डाकिएको सर्वदलीय बैठक निष्कर्षविहीन « Khabarhub

कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न डाकिएको सर्वदलीय बैठक निष्कर्षविहीन


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्नको लागि आज दिउँसो बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

सर्वदलीय बैठक आह्वान गरेका सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको र बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले बैठक आह्वान गरेका हुन् । सभामुख शाहीले आज बोलाइएको सर्वदलीय बैठकमा छलफलको टुङ्गो लाग्न नसकेको जानकारी दिए ।

“आज दिउँसोको बैठकमा छलफल त भयो त्यसको निष्कर्ष निष्कन सकेन”, सभामुख शाहीले भने, “अब फेरि अर्को बैठक बसेर छलफल हुन्छ ।” मङ्गलबार प्रदेशसभाको दशौँ अधिवेशनको २६औँ बैठकको सुरुमै माओवादी केन्द्रका प्रदेशसभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दलको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

उनले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने शहीद परिवारका लागि शहीद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरेको बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ०० बजे

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

भैरहवा– भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत

काठमाडौं– चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा

तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव

काँक्रेविहार– सल्यानका अस्पताल तथा स्वास्थ्य संस्थामा तीन महिनादेखि निःशुल्क वितरण

अमेरिकी आक्रमणपछि इरानको जवाफी हमला, सैन्य अड्डा निशानामा

 एजेन्सी – इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) इरानी तटीय क्षेत्रहरूमा