एनपीएल : विराटनगरविरुद्ध कर्णालीका ओपनर देव खनालको अर्धशतक « Khabarhub

एनपीएल : विराटनगरविरुद्ध कर्णालीका ओपनर देव खनालको अर्धशतक


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

तस्बिर : चिरायु शाक्य ।

काठमाडौं – नेपाल प्रिमियर लिग (एपीएल) अन्तर्गत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भइरहेको खेलमा कर्णाली याक्सका ओपनर देव खनालले विराटनगर किङ्ग्सविरुद्ध अर्धशतक बनाएका छन्‌ ।

टस हारेर विराटनगरविरुद्ध ब्याटिङ थालेको कर्णालीका ओपनर खनालले ४० बलमा ५० रन बनाएका हुन्‌ । उनी एनपीएलमा अर्धशतक बनाउने १३औं खेलाडी बनेका छन्‌ ।

खनालले ४८ बलमा कुल ५३ रन बनाउँदै १५.३ ओभरमा कर्णालीको विकेट गुमाए । उनी बसिर अहमदको बलमा आउट भएका हुन्‌ । चार चौका र दुई छक्का प्रहार गरेका खनाल कर्णालीबाट अर्धशतक बनाउने दोस्रा ब्याट्सम्यान हुन्‌ । खनालअघि कर्णालीका शिखर धवनले काठमाडौं गुर्खाजविरुद्धको खेलमा मंसिर १९ गते अर्धशतक बनाएका थिए ।

१८.३ ओभरको खेल सकिँदा विराटनगरविरुद्ध कर्णाली याक्सले पाँच विकेट गुमाएर १२५ रन बनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  २ : २६ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको