गुल्मीमा भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई « Khabarhub

गुल्मीमा भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुल्मीको चन्द्रकोट गाउँपालिकाले भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई लगाइदिएको छ । गाउँपालिकाले शान्तिपुर बजारमा रहेका २२ कुकुरलाई आज सुई लगाइदिएको हो ।

केही दिन पहिले चन्द्रकोटमा भुस्याहा कुकुरले एकैदिन १२ जनालाई टोकेका थिए । तीमध्ये घाइते चारजना अझै गुल्मी अस्पतालमा उपचाररत छन् । पहिलो टोकेका र नटोकेका सबै कुकुरलाई सुई लगाइएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।

गाउँपालिकाका पशुसेवा प्राविधिक ईश्वरीप्रसाद वली, नायब पशुसेवा प्राविधिक लक्ष्मण गुरुङलगायतले सुई लगाइदिएका थिए । पालिकाले पहिलो चरणमा खोप लगाएको र आगामी दिनमा पनि खोपलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । कुकुर समाउनका लागि स्थानीय पन्छी बहुउद्देश्यीय सहकारी संस्थाका युवाले निर्माण गरेको यन्त्र पालिकालाई दिएका छन् ।

उक्त यन्त्र कुकुर समाउनका लागि निकै प्रभावकारी भएको पालिका अध्यक्ष केसीले बताए । चन्द्रकोटमा बागलुङको बरेङ गाउँपालिकाको थपलुङ हुँदै कुकुर आएका छन् । कुकुर आतङ्क बढ्दै गएकाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सबै कुकुरलाई रेबिजविरुद्धको सुई लगाइएको गाउँपालिका अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ०७ बजे

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने

पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिएको आरोपमा १२ जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा

प्रचण्ड नेतृत्वको नेकपा र रञ्जिताको नागरिक उन्मुक्तिबीच एकीकरण

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता

हामी निर्वाचनमा जान तयार छौँ तर सरकार असक्षम छ :  उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार