गुल्मीमा भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई « Khabarhub

गुल्मीमा भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गुल्मीको चन्द्रकोट गाउँपालिकाले भुस्याहा कुकुरलाई रेबिजविरुद्धको सुई लगाइदिएको छ । गाउँपालिकाले शान्तिपुर बजारमा रहेका २२ कुकुरलाई आज सुई लगाइदिएको हो ।

केही दिन पहिले चन्द्रकोटमा भुस्याहा कुकुरले एकैदिन १२ जनालाई टोकेका थिए । तीमध्ये घाइते चारजना अझै गुल्मी अस्पतालमा उपचाररत छन् । पहिलो टोकेका र नटोकेका सबै कुकुरलाई सुई लगाइएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष घनश्याम खरेलले जानकारी दिए ।

गाउँपालिकाका पशुसेवा प्राविधिक ईश्वरीप्रसाद वली, नायब पशुसेवा प्राविधिक लक्ष्मण गुरुङलगायतले सुई लगाइदिएका थिए । पालिकाले पहिलो चरणमा खोप लगाएको र आगामी दिनमा पनि खोपलाई निरन्तरता दिने गाउँपालिका अध्यक्ष युवराज केसीले जानकारी दिए । कुकुर समाउनका लागि स्थानीय पन्छी बहुउद्देश्यीय सहकारी संस्थाका युवाले निर्माण गरेको यन्त्र पालिकालाई दिएका छन् ।

उक्त यन्त्र कुकुर समाउनका लागि निकै प्रभावकारी भएको पालिका अध्यक्ष केसीले बताए । चन्द्रकोटमा बागलुङको बरेङ गाउँपालिकाको थपलुङ हुँदै कुकुर आएका छन् । कुकुर आतङ्क बढ्दै गएकाले सम्भावित दुर्घटनाबाट बच्नका लागि सबै कुकुरलाई रेबिजविरुद्धको सुई लगाइएको गाउँपालिका अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ०७ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त