झापामा बसाइँ सरेर आउने मतदाता बढ्दै | Khabarhub Khabarhub

झापामा बसाइँ सरेर आउने मतदाता बढ्दै


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा । पहाडी जिल्लाबाट बसाइँ सरेर आउने मतदाताको सङ्ख्या एक महिनाको अवधिमा मात्र एक हजार ३०० ले बढेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

कार्यालयमा मतदाता नामावलीमा ठाउँ सारी गर्न आउनेमा दैनिक जसो १०० देखि १५० जनासम्म अन्यत्रबाट बसाइँ सरेर आउने मतदाता छन् । प्रदेश र सङ्घको चुनावलाई लक्षित गर्दै गत असार १ गतेदेखि निर्वाचन आयोगले सुरु गरेको नयाँ फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा जिल्लामा बसाइँ सरेर आउने मतदाता देखिएको हो । यो सङ्ख्या अझै बढ्दै जाने कार्यालयले जनाएको छ ।

तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलामबाट बसाइँ सरेर झापा आउने मतदाताको सङ्ख्या गत असार महिनामा मात्र एक हजार ३०० रहेको छ भने जिल्लाबाट बसाइँ सरेर जाने मतदाताको सङ्ख्या २६८ रहेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

झापाबाट सुनसरी, मोरङ, काठमाडौँ, भक्तपुर जिल्लामा मतदाता बसाइँ सरेर गएको तथ्याङ्कले देखाएको छ । ‘बसाइँ सरेर आउनेको अद्यावधिक गर्न झन्झटिलो छ’, प्रमुख नेपालले भन्नुभयो, ‘सबै नयाँ फाराम भरेर सोसँग मिल्यो मिलेन भनेर पुनः सम्बन्धित जिल्लामा पठाई रुजु गरेर मात्र काम गर्छौैं ।’

उनका अनुसार जिल्लामा एक महिनाको अवधिमा १६ हजार ६६७ मतादाता थपिएका छन् । तीमध्ये आठ हजार १०५ महिला र आठ हजार ५६२ पुरुष रहेका छन् । नयाँ थपिएका मतदातामध्ये ४० प्रतिशत बढी झापा निर्वाचन क्षेत्र ३ को भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाका रहेको उनको भनाइ छ ।

निर्वाचन आयोगले आजदेखि अनलाइनमार्फत झापालगायतका उपत्यकाबाहिरका पाँच जिल्लामा फाराम भर्न सकिने भनेसँगै कार्यालयमा मतदाता नामावलीमा फाराम भर्न आउनेको सङ्ख्या घटेको छ । उनले आज बिहानदेखि हालसम्ममा अनलाइनबाट फाराम फर्नेको सङ्ख्या जिल्लामा ७५ नाघिसकेको बताए ।

जिल्लामा स्थानीय तहको २०७९ को निर्वाचनअघिसम्म छ लाख ४६ हजार मतदाता रहेका थिए । जिल्लामा यसअघि ७५५ निर्वाचन केन्द्र र २८६ निर्वाचनस्थल रहेका छन् । नयाँ मतदाता बढेसँगै २५ देखि ३० वटा निर्वाचन केन्द्र जिल्लामा थप्नका लागि निर्वाचन कार्यालयले सर्वदलीय बैठक बोलाउने तयारी गरिरहेको कार्यालयका प्रमुख नेपालले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : २१ बजे

शेयर बजारमा उछाल, ११४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं– मंगलबार शेयर बजारमा उछाल आएको छ । आज नेपाल

गोली लागेपछि घाइते गोविन्दा अस्पताल भर्ना

काठमाडौ- भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ । मुम्बईस्थित आफ्नै

हलबाट उतारिएको ‘सानो संसार’ कात्तिक ९ देखि प्रदर्शनमा आउने

काठमाडौं- बाढीको कारण देखाएर प्रदर्शन स्थगित गरिएको फिल्म ‘सानो संसार’

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौ‌ं–  दक्षिण सुडानस्थित संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनमा तैनाथ तारादल

एमालेमा ओलीको ब्रिफिङ- यसपटक राष्ट्रसंघमा नेपालको उपस्थिति प्रभावकारी थियो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा