महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्र कालोपत्रे « Khabarhub

महाकाली करिडोर : १२ वर्षमा ३० किलोमिटर सडक मात्र कालोपत्रे


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति सन्तोषजनक छैन ।

विसं २०६६ देखि सुरु भएको निर्माण १२ वर्ष बितिसदा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किलोमिटर सडक निर्माण हुँदैछ ।

महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इन्जिनियर मिलन घतानीले करिडोर निर्माणअन्तर्गत सबैतिर ट्र्याक खोल्ने काम भइरहेको बताए । ‘पूरै आयोजना हेर्दा दार्चुलाका विभिन्न स्थानमा गरेर हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको छ’, इन्जिनियर घतानीले भने, ‘शून्य विन्दुबाट (ब्रह्मदेव क्षेत्र) भने काम सुचारु हुन सकेको छैन ।’

कञ्चनपुरको ब्रह्मदेवदेखि उत्तर डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किलोमिटर ट्र्याक खोल्न गत वर्ष असारमा रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि काम भने हुन सकेन । उक्त क्षेत्रको ट्र्याक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको भए पनि रुख कटानको विषय आयोजनाले टुङ्गो लगाउन नसक्दा निर्माण व्यवसायी काम गर्न नसक्ने अवस्थामा पुगे ।

‘वन नभएको खाली क्षेत्रमा भने निर्माणको अलि अलि काम भएको छ’, उनले भने ‘रुख कटानको विषय वन मन्त्रालयमा छ ।’ करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै एक हजार ९५१ रुख कटान गर्नुपर्ने छ । उक्त १५ किलोमिटर ट्र्याक २०८० सालभित्र खोलिसक्नुपर्ने भए पनि निर्माण पक्षले एक वर्ष रित्तो बस्नुप¥यो ।

महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले करिडोरअन्तर्गत बाँकी तीन जिल्लामा ट्र्याक खोल्ने काम भइरहेको जनाएको छ । योजना कार्यालयका अनुसार हालसम्म डडेल्धुरामा २२ किलोमिटर ट्र्याक खुलेको छ । डडेल्धुरा क्षेत्रमा करिडोरको ५४ किलोमिटर ट्र्याक खुलाउनुपर्ने छ ।

त्यसैगरी बैतडीमा १४५ किलोटिर मध्ये ७० किलोमिटर ट्र्याक खुलिसकेको इन्जिनियर घतानीले जानकारी दिए । उनले दार्चुलामा २०० किलोमिटरमध्ये ९४ किलोमिटर ट्र्याक खुलेको बताए । दार्चुलामा २०० किलोमिटरमध्ये ७८ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

विसं २०६६ मा दार्चुला तिङ्कर सडक नामकरण गरिएको योजना २०७४ मा महाकाली करिडोरमा परिणत गरिएको हो । सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण करिडोर मानिए पनि सरकारले योजनाको रकम विनियोजनमा भने विगतको भन्दा घटाएको छ । गत वर्ष रु ७९ करोड ४२ लाख रकम विनियोजन भएको योजनामा चालु आर्थिक वर्र्षमा रु ४१ करोड मात्रै बजेट रहेको योजना कार्यालयले जनाएको छ ।

रुख कटानलगायतका प्रक्रियागत कारणले योजनाको काम ढिलाइ भइरहेको देखिन्छ । करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने ११ किलोमिटर क्षेत्रमा एक हजार ९५१ रुख कटान गर्नुपर्ने छ ।

त्यसैगरी डडेल्धुरामा १० हजार ४७६, बैतडीमा चार हजार ५९६ र दार्चुलामा दुई हजार ४२ रुख कटान गर्नुपर्ने महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजना कार्यालयले जनाएको छ । ‘रुख कटानका लागि वन विकास कोषमा हामीले रु ५७ करोड रकम जम्मा गर्नुपर्नेमा रु ३७ करोड जम्मा गरिसकेका छौँ’, इन्जिनियर घतानीले भने, ‘रकम जम्मा हुनासाथ रुख कटानको विषय पनि टुङ्गोमा पुग्छ ।’ उनले करिडोरअन्तर्गत सबैतिर ट्र्याक खोल्न ठेक्का सम्झौता भइसकेको बताए।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ९ : ३२ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति